Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लुम्बिनी पर्यटन विकासको मुख्य आधारशीला: मन्त्री भट्टराई
बर्षाका कारण दाउन्नेमा सडक चिप्लो भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बर्षाका कारण दाउन्नेमा सडक चिप्लो...

प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लुम्बिनी प्रदेश : आगामी वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत

लुम्बिनी प्रदेश : आगामी वर्षको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
हावाहुरीका कारण ढलेका रुखले च्यापिएर नवलपरासी र कपिलवस्तुमा ३ जनाको मृत्यु, ३ घाइते

हावाहुरीका कारण ढलेका रुखले च्यापिएर...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी पर्यटन विकासको मुख्य आधारशीला: मन्त्री भट्टराई

संसारपोस्ट संवाददाता · २८ भाद्र २०७७ · 0
लुम्बिनी पर्यटन विकासको मुख्य आधारशीला: मन्त्री भट्टराई
70
SHARES
ShareTweet

बुटवल २८ भदौ
सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराइले पर्यटकीय गन्तब्य मध्ये लुम्बिनी नेपालको पर्यटन विकासको मुख्य आधारशीला भएको बताउनु भयो ।
कोरोना महामारिले पर्यटन क्षेत्रको पुर्वाधार विकासमा पारेको असर र कार्यप्रगतिको स्थलगत निरिक्षणको क्रममा पश्चिम नेपालको भ्रमणमा रहनुभएका मन्त्री भट्टराइले लुम्बिनीको निरिक्षण पछि कोरोना संकट टरेपछि पनि समृद्धिको मुख्य आधारको रुपमा पर्यटन क्षेत्रलाई नै अगाडी सार्नुको विकल्प नभएको स्पष्ट पार्नु भयो ।
लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहनुभएका मन्त्री भट्टराइले पवित्र उद्यान लुम्बिनी भित्र रहेका सामारिक महत्वका विभिन्न क्षेत्रको अवलोकन गर्दै लुम्बिनीको विकासमा नेपाल सरकारले कुनै पनि कमि नराख्ने बताउनुभयो ।
लुम्बिनी स्थित मायादेवि मन्दिर, अशोक स्तम्भ, पुस्करणी पोखरी, शान्तिदीप, केन्द्रिय नहरको अवलोकन गरेपछि म्यानमार बिहार, कोरियन बिहार, थाइ बिहार, चिनिया बिहार, जर्मन बिहारको समेत निरिक्षण गर्नुभएका मन्त्री भट्टराइले विश्वका बौद्ध देशहरुसंगको सहकार्यमा लुम्बिनीको अन्तराष्ट्रिय महत्वलाई अझै प्रभावकारी बनाइने पनि बताउनुभयो ।
सो अवसरमा मन्त्री भट्टराइले निर्माणाधीन गौतमबुद्ध फलफुल बाटिकाको अवलोकन तथा निरीक्षण , निर्माणाधीन अन्तराष्ट्रिय बुद्धिस्ट सम्मेलन तथा ध्यान केन्द्रको निरीक्षण समेत गरेको लुम्बिनी विकास कोषका कामु सदस्य सचिव ज्ञानिन राइले बताउनुभयो ।
निर्माणाधीन ध्यान केन्द्र सम्पन्न पश्चात ५ हजार जना मानिस अट्ने क्षमता रहनेछ । उक्त केन्द्रको पहिलो चरणको ३२ करोड बराबरको बजेट रहेको काम ९० प्रतिशत सकिएको र दोस्रो चरणको निर्माणकोलागि बोलपत्र आहवन भइसकेको छ । यसैगरी गौतमबुद्ध फलफुल बाटिकामा २५ हजार फलफुलको विरुवा रोप्नेगरी तयारी भएको छ ।
कोषका उपाध्यक्ष भिक्षु मैत्तयाले महामारीको समयमा मन्त्रीको लुम्बिनी आवगमन महत्वपुर्ण भएको बताउनुभयो । उहांले लुम्बिनी गुरुयोजनाको काम आगामी अढाई बर्ष भित्र पुरा हुने पनि बताउनुभयो । रुपन्देहीमा मन्त्री भट्टराइले राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको समेत निरिक्षण गनुभएको थियो ।

≪ Previous Post

लुम्बिनी विकास कोषद्वारा अमिरिकाको परिवारलाई एक लाख बढी सहयोग

Next Post ≫

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शुल्कको उसैदिन निशुल्कको ४८ घण्टा भित्रमा रिर्पोट, पीसीआर परिक्षण शुल्क २५ सय

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क