बुटवल २८ भदौ
लुम्बिनी विकास कोषले एक हप्ता अगाडी निधन भएका लुम्बिनी विकास कोषका कार्यकारणी सदस्य अमिरिका प्रसाद कोहोरको परिवारलाई एक लाख एक हजार सहयोग प्रदान गरेको छ ।
लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका सस्कृति, पर्यटन तथा नागारिक उड्डयन मन्त्री योगेश कुमार भट्टराइले स्वर्गिय कोहारको घर पडरियामै पुगी उनको परिवारलाइ उक्त रकम हस्तान्तरण गर्नु भएको हो् ।
लुम्बिनीदेखि दक्षिणमा रहेको उहाँको घरमा पुगी लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहनु भएका मन्त्री भट्टराइले शोकाकुल परिवारमा समबेदना समेत व्यक्त गर्नु भएको हो ।
मन्त्री भट्टराईले अमिरिकाले लुम्बिनी क्षेत्रको विकासमा पुराएको योगदान उल्लेखनीय भएको समेत बताउनु भयो । कोषका कार्यकारणी सदस्य अमिरिकाको हृदयघातको कारण ५५ बर्षको उमेर भदौं २३ गते राति निधन भएको थियो ।
विक्रम सम्बत २०२३ साल चैत्र ३ गते लुम्बिनीको पडरीयामा जन्मनु भएका अमिरिका २०६६ सालमा ५ बर्ष सम्म कोषको कार्यकारणी सदस्यको रुपमा लुम्बिनीको विकासमा सक्रिय थिए । यसैगरी उनी २०७३ सालदेखि पुनः दोस्रो कार्यकालको रुपमा कोषमा सक्रिय रहनु भएको थियो । कोहार नेपाली कांग्रेस रुपन्देहीको पुर्व जिल्ला उपभासभापति समेत रहनु भएको थियो ।