बुटवल । नेपाल बंशज परिषद रुपन्देहीको अध्यक्षमा घनश्याम नेपाल निर्वाचित हुनु भएको छ । शनिबार बुटवलमा सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले घनश्याम नेपालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा शम्भुप्रसाद नेपाल, सचिवमा नगेन्द्रप्रसाद नेपाल र कोषाध्यक्षमा कृष्णप्रसाद नेपाललाई चयन गरिएको छ । त्यसैगरी समितिको कार्यसमिति सदस्यहरुमा शोभाकान्त नेपाल, राधिका ज्ञवाली […]