Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोट : रूपन्देही र दाङ फाइनलमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोट : रूपन्देही र दाङ फाइनलमा

संसारपोस्ट संवाददाता · १० फाल्गुन २०८१ · 0
प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोट : रूपन्देही र दाङ फाइनलमा
100
SHARES
ShareTweet

भैरहवा । रुपन्देही र दाङ प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा फाइनल प्रवेश गरेका छन् । छनोट अन्तर्गत शनिबार भएका दुई सेमिफाइनल खेलमा रुपन्देहीले बर्दियालाई १ सय ४२ रन र दाङले पश्चिम नवलपरासीलाई ८ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । यी दुई टिमबीच आइतबार उपाधिका लागि स्पर्धा हुनेछ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको रुपन्देहीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २ सय ४१ रनको बलियो योगफल खडा गर्यो । उसका लागि विप्रशन केसीले ४८, कृष्ण कार्कीले ४२, मनिष थापाले ३०, प्रज्वल थापाले २०, देव खनालले १९, मिर्नाल गुरुङले १६ र सन्देश थापाले १५ रनको योगदान गरे । बलिङमा बर्दियाका निर्मल गुरुङले ३, नितेश न्यौपानेले र आकाश खत्रीले २–२ तथा सौगात खत्री र ट्राभिस जैशीले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको बर्दिया ३२ ओभर ५ बलमा ९९ रन बनाउँदा अलआउट भयो । उसलाई सस्तैमा रोक्न बलिङमा रुपन्देहीका अजय चौहान र विप्रशन केसीले ३–३, रमेश कुर्मीले २ तथा कृष्ण कार्की र सन्देश थापाले १–१ विकेट लिए । बर्दियाका नितेश न्यौपानेले २५, ट्राभिस जैसीले १५ र सौगात खत्रीले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिमको फाइनल यात्रा टुंगियो । खेलमा विप्रशन केसी प्लेयर अफ द म्याच भए ।

यस्तै, तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को सेमिफाइनलमा टस हारेर ब्याटिङ गरेको नवलपरासीले निर्धारित ५० ओभरमा २७ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ८० रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न बलिङमा दाङका शुभम खनालले ४, दिनेश बोहोराले ३, बीरबहादुर घर्तीले २ तथा राजकुमार कुमालले १ विकेट लिए । नवलपरासीका जितेन्द्र साहनीले १९, रन्जित खत्री खड्काले १४ र इकलाख वारिसले १२ रन बनाए पनि अन्य ब्याटर चल्न नसक्दा टिमले हार व्यहोर्यो ।

प्रतिउत्तरमा झिनो लक्ष्य पछ्याएको दाङले ११ ओभर १ बलमा २ विकेटको नोक्सानीमा ८१ रन बनाउँदै जित निकाल्दै फाइनल पुग्यो । उसको जितमा दिनेश बोहोराले अभिजित ३२ र सुशान्तसिंह थापाले नटआउट १९ रनको योगदान गरे । बलिङमा नवलपरासीका ओमकार यादव र करण विकले १–१ विकेट लिए । खेलमा दाङका दिनेश बोहरा प्लेयर अफ द म्याच भए ।

यही फागुन २५ देखि भैरहवाको सिद्धार्थ रंगशाला, तिलोत्तमाको एक्स्ट्राटेक र लमही राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोटका लागि जिल्ला स्तरको छनोट खेल भएको हो । प्रतियोगिताबाट प्रत्येक जिल्लाका उत्कृष्ट खेलाडी छनोट गरी लुम्बिनी प्रदेशको एउटा टिम बनाइने प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङले बताउनुभयो ।

≪ Previous Post

रुपन्देहीको सियारीमा परालले ढाकेको अवस्थामा महिलाको शव फेला, हत्या गरि फालिएको आंशका

Next Post ≫

नेपालमा केही छैन भन्ने भाष्य चिर्नुपर्छ : अध्यक्ष ढकाल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क