Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमामा दोस्रो युवा सम्मेलन :युवाहरुले गरे अवसर नपाएको गुनासो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमामा दोस्रो युवा सम्मेलन :युवाहरुले गरे अवसर नपाएको गुनासो

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०८१ · 0
तिलोत्तमामा दोस्रो युवा सम्मेलन :युवाहरुले गरे अवसर नपाएको गुनासो
90
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा युवामैत्री स्थानीय शासनका निम्ति दोस्रो युवा सम्मेलन तिलोत्तमाको शंकरपुरमा सम्पन्न भएको छ ।

सम्मेलनको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले युवाहरुलाई शिक्षित बनाउन संघ, प्रदेश र स्थानीय सरकार लागि परेको बताउनुभयो । नगरपालिकालाई समृद्ध बनाउन स्थानीय क्षेत्रमा उद्धम र स्वरोजगारका लागि युवाहरुमा निराशा मात्रै नभएर युवाहरुले केही गरुन भन्ने उद्देश्य राखेको बताउनुभयो । नयाँ र फरक तरिकाले देशमै केहि गर्न सके राम्रो आम्दानी हुने र सानो लगानीमा पनि ठुलो आम्दानी गर्न सकिने नगर प्रमुख खाणको भनाइ थियो। सरकारले शिक्षामा ठूलो लगानी गरेकोले युवाहरुमा क्रियटिभ र इनोभेसन हुनुपर्ने र नेपालमा अवसर नै छैन भन्ने भाष्य निर्माण गर्न खोजेकोले यस्ता भ्रममा नपर्न आग्रह गर्दै प्रमुख खाणले नयाँ नयाँ खोज तथा अनुसन्धान गर्न युवाहरु लाग्नुपर्ने बताउनुभयो ।

उपप्रमुख जागेश्वर देबी चौधरीले बोल्दै तिलोत्तमा नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गरिएको बताउँदै युवाहरुले केही अधिकार पाएनौ भन्दा पनि के गर्दा युवामैत्री नगरपालिका बनाउन सकिन्छ भन्ने चासोको विषय भएको बताउनुभयो । उहाले तिलोत्तमामा भौतिक पूर्वाधारको विकास मात्रै नहेरी बालमैत्री, महिलामैत्री र युवाहरुको मागहरु सम्बोधन गर्न चाहेको बताउनुभयो । बजेटमै युवाहरुको क्षमता बिकास गर्ने, कृषि ब्यबसाय, पशुपालन, उद्धममा समेत अनुदान र औजारसंगै सिपप्रदान गर्ने गरी नगरपालिका अगाडी बढेको उहाको भनाई छ।

त्यस्तैगरी लुम्बिनी प्रदेश युवा परिषद्का पुर्व कार्यकारी उपाध्यक्ष  गोविन्द केसीले जबसम्म हरेक युवाहरु सक्षम र काममा डेडिकेटिभ हुन सक्दैनन् तबसम्म उनीहरु अगाडि बढ्न नसक्ने बताउनुभयो । उहाले युवाहरु प्रविधितर्फ अगाडि बढ्दै अङ्ग्रेजी सिक्दै रोजगारीको लागि बिदेश पलायन नभई स्वदेशमा रहेर युवा उत्पादन र उद्यमशीलतातर्फ लाग्नुपर्ने बताउनुभयो ।

अघिल्लो बर्ष प्रथम सम्मेलन सम्पन्न गरेको नगरपालिकाले आयोजना गरेको  दोस्रो युवा सम्मेलनमा आफ्नो जीवनका कठिन अनुभव बताउँदै महिला उद्धमी मन्जु भुसालले हरेक चुनौतीहरु संघर्ष गर्दै अगाडि बढ्न सकेमा अवश्य सफलतामा पुग्न सकिने बताउनुभयो । उहाले युवा शक्ति देशको खम्बा भएकोले सबै एकजुट भएर अघि बढ्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रममै युवाहरुलाई प्रेरणा दिन राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, राष्ट्रिय युवा परिषद्का प्रमुख प्रशिक्षक चन्द्र कुमारी थापा ,युवा अभियन्ता तथा एक्स्ट्राटेक क्रिकेट खेल मैदानका लगानिकर्ता बिनोद कुँवर लगयातले बोल्दै युवाहरुले आफ्नो दक्षता लगाव र मेहनतसंगै निरन्तरताले सफलता प्राप्त गर्न सकिने कुरा बताउनुभएको थियो ।

कार्यक्रममा विभिन्न विधामा प्यानलिष्ट रुपमा छलफल समेत भएको थियो । युवा सहभागिता, व्यवसायिक सफलता, र उद्धमी यात्रा बारेमा पत्रकार सञ्जु पौडेलले सहजीकरण गर्दै तिलोत्तमाका प्रभावशाली युवा तथा उद्यमीहरु शाखा अधिकृत माधव पोख्रेल, महिला उद्धमी सोना श्रीस, युवा व्यवसायी अंकित भुसाल बिच युवा बहस गरिएको थियो।कार्यक्रममा युवा सहभागिता र राजनीतिका बारेमा तिलोत्तमा नगरपालिकाका ३ दल नेकपा एमालेका मिन प्रसाद पोख्रेल, नेपाली कांग्रेसका हरिलाल पाण्डे र नेकपा माओबादी केन्द्रका बेल प्रसाद शर्मासंग पत्रकार बिनोद परियारले बहस गर्नुभएको थियो भने तिलोत्तमाका बिषयगत समितिहरुको कार्यका बारेमा आर्थिक बिकास समितिका संयोजक गणेश पाठक, बन वातावरण तथा विपद ब्यबस्थापन समितिका संयोजक सुरेन्द्र श्री, संस्थागत तथा क्षमता बिकास समितिका संयोजक राधा शाहीसंग  पत्रकार मोहन न्यौपानेले बहस गरेका थिए। छलफल र अन्तरकृया गरिएको सो बहसमा १७ वटा वडाबाट प्रतिनिधित्व गरेका युवाहरुले जिज्ञासा समेत राखेका थिए।

तिलोत्तमा नगरपालिकाका सामाजिक बिकास समितिका संयोजक तथा कार्यक्रमका संयोजक रवि सेन्चुरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तिलोत्तमा नगरपालिकाका नगर सभा सदस्य गोविन्द गुरुङ (लबसन) ले गर्नुुुएको थियो ।

≪ Previous Post

नेपालमा केही छैन भन्ने भाष्य चिर्नुपर्छ : अध्यक्ष ढकाल

Next Post ≫

नेपाल बंशज परिषद रुपन्देहीको अध्यक्षमा घनश्याम नेपाल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क