बुटवल । सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सरकारले आउँदो मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने २ गतेदेखि ५ गतेसम्म नै बन्द हुनेछन् । गृह मन्त्रालयले मंसिर ४ गते […]
प्रदेश ३
काठमाडौं । चुनावी अभियानमा रहेका राजनीतिक दलहरुले बिहीबारदेखि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने छन् । आयोगका अनुसार राजनीतिक दलहरुले मंसिर १ गतेसम्म यस्ता कार्यक्रम गर्न पाउने छन् । राजनीतिक दलहरुले बिहीबारबाट नै सञ्चार माध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न समेत पाउने निर्वाचन आयोगले जनाएको छ […]
काठमाडौं, १२ कात्तिक । नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र जारी गरेको छ । ‘समुन्नत नेपालको मार्गचित्र’लाई समावेश गरेर कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको हो । समुन्नत नेपालको लागि कांग्रेसले बी.पी. कोइरालाकै सपनालाई अगाडि सारेको छ । जारी घोषणपत्रमा भनिएको छ– ‘जनता जनार्दनको बलमा नेपालमा कोही पनि भोका, नाङ्गा वा अशिक्षित नरहुन, देशमा […]
बुटवल, १० कात्तिक । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् […]
काठमाडौं, २ कात्तिक । सरकारले आज बुधबार देशभरका बालबालिकालाई जुकाको औषधी र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ […]
काठमाडौं । नेकपा एमालेले समानुपातिकसँगै प्रत्यक्षतर्फ चुनाव लड्नेहरूको नाम पनि धमाधम टुंग्याउने क्रमलाई तीव्रता दिएको छ । एमालेका पूर्व उपाध्यक्ष भीम रावलले अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवारको टिकट नपाउने पक्का भएको छ भने माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोराले टिकट पाएका छन् । २०५१ सालदेखि २०७४ सम्म चार निर्वाचन लडेका रावल यसपटक भने […]
काठमाडौं, १९ असोज । आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र बागमती प्रदेशका केही, तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी देखि […]
बुटवल, १९ असोज । आज बडा दशैं । सद्भावको चाड । एकताको चाड । हरेक नेपालीलाई एक ठाउँमा ल्याउने चाड । अर्थात, दशैँ । बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक विसर्जन गरेपछि दशैंको टिका लगाएर मनाईंदैछ । आसुरी […]
बुटवल, १० असोज । जलवायु परिवर्तनका असरहरुले खाद्यसुरक्षा, जनजीवनमा जोखिम निम्त्याइ रहेको भन्दै विज्ञहरुले त्यस्ता जोखिम न्युनिकरण योजना ल्याउन तीन तहकै सरकारलाई सुझाव दिएका छन् । सरकारका योजनाहरु जलवायु अनुकुलन हुनेतर्फ केन्द्रीत हुनुपर्ने भन्दै विज्ञहरुले त्यसो हुन नसके थप क्षति बेहोर्नुपर्ने अवस्था आउने चेतावनी दिए । अन्नपूर्ण मिडिया नेटवर्कले सोमबार बुटवलमा आयोजना गरेको ‘जलवायु परिवर्तन […]
काठमाडौं, ६ असोज । संसदले पारित गरेको नागरिकतासम्बन्धी विधेयक पारित नगरेको भन्दै सत्तारुढ दल निकट विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरूले काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । सत्तारुढ दल निकट विद्यार्थीले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै विरोध गरेका हुन् । संसदले दोस्रो पटक पारित गरेर पठाएको नागरिकता सम्बन्धी विधेयक […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]