Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अन्तरप्रदेश क्रिकेट खेल्न लुम्बिनीको टिम चितवनतर्फ प्रस्थान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अन्तरप्रदेश क्रिकेट खेल्न लुम्बिनीको टिम चितवनतर्फ प्रस्थान

संसारपोस्ट संवाददाता · २८ चैत्र २०८० · 0
अन्तरप्रदेश क्रिकेट खेल्न लुम्बिनीको टिम चितवनतर्फ प्रस्थान
70
SHARES
ShareTweet

भैरहवा । अन्तरप्रदेश स्तरीय राष्ट्रिय खेलकुद–२०८० का लागि लुम्बिनी प्रदेशको क्रिकेट टिम बागमती प्रदेशतर्फ प्रस्थान गरेको छ । खेलाडी, प्रशिक्षक र व्यवस्थापकसहित १६ सदस्य टिम बागमतीको चितवनमा हुने क्रिकेट प्रतियोगिता खेल्नका लागि आज त्यसतर्फ प्रस्थान गरेको हो । बुधबार रुपन्देही क्रिकेट संघले प्रतियोगितामा सहभागि हुन जाने अफिसियल टोलीलाई विदाई गरेको छ । राष्ट्रिय खेलकुद बागमती प्रदेशको हेटौंडामा भए पनि क्रिकेट भने चितवनमा हुनेछ ।
संघका अध्यक्ष हरिबहादुर थापा, लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सन्जय गुरुङ, क्रिकेट संघ रुपन्देहीका सल्लाहकार दिपेन्द्रमान श्रेष्ठ र देवराज न्यौपानेले खेलाडीसहित अफिसियल टोलीलाई विदाई गरेका छन् । सो अवसरमा बोल्दै उनीहरुले लामो समयसम्म प्रदेशले उपाधि जित्न नसकेको जनाउँदै यसपटक उपाधिसहित फर्कन आग्रह गर्नुभयो । खेलाडीहरुलाई अनुशासित भई खेल्न आग्रह गर्दै खेलाडीको अनुशासन गहना भएको उल्लेख गर्नुभयो ।
टिम प्रशिक्षक दुर्गाराज सिनले लामो समयको तयारी, खेलाडीको मिहेनत, अनुशासन र लगाबले यसपटक उपाधि जित्ने लक्ष्य रहेको सुनाउनुभयो । लामो समयदेखि लुम्बिनी प्रदेश उपाधिविहीन हुनु परेको खडेरी यसपटक तोडिने उहांको भनाई छ । राम्रा र अभ्यस्त खेलाडी टिममा रहेकाले उपाधि जित्नेमा आफूहरु ढुक्क रहेको उहांले विश्वास गर्नुभयो ।
सहभागी त्रिकेट खेलाडीमा देव खनाल (कप्तान), मिर्नाल गुरुङ्ग, आकाश त्रिपाठी, प्रज्वल बहादुर थापा (विकेट किपर), अजय चौहान, सिद्धान्तराज शाही, दिलशाद अलि, निर्मल गुरुङ्ग, अभिशेष गौतम, कृष्ण कार्की, दुर्गेश गुप्ता, बीरबहादुर घर्ती मगर, नरबहादुर सार्की र मोहम्मद हुसेन छन् । यस्तै, प्रशिक्षकमा दुर्गाराज सिन र टिम व्यवस्थापकमा धिरज अधिकारी (क्षेत्री) छन् । क्रिकेट संघ रुपन्देहीका अध्यक्ष थापाको संयोजकत्वमा प्रदेशस्तरीय टिम छनोट गरिएको थियो । लुम्बिनीले पहिलो खेल बिहीबार खेल्ने छ ।

≪ Previous Post

शहिदको सपना पुरा गर्नु दलहरुको कर्तव्य : सभापती देउवा

Next Post ≫

ड्रिम युनिक रूपन्देही सुपरलिगः नेपथ्य तिलोत्तमालाई सफलता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क