Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ शहिदको सपना पुरा गर्नु दलहरुको कर्तव्य : सभापती देउवा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शहिदको सपना पुरा गर्नु दलहरुको कर्तव्य : सभापती देउवा

संसारपोस्ट संवाददाता · २८ चैत्र २०८० · 0
शहिदको सपना पुरा गर्नु दलहरुको कर्तव्य : सभापती देउवा
90
SHARES
ShareTweet

तिलोत्तमा । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा बुधवार रुपन्देहीमा विभिन्न कार्यक्रममा सहभागी हुनु भएको छ । सभापति देउवाले रुपन्देहीको तिलोत्तमा १३ टिकुलीगढमा निमार्ण गरिएको शहिद यादवनाथ आलोकको पूर्णकदको शालिक अनावरण गर्नु भयो । त्यस्तै सभापती देउवाले  नेपाली कांग्रेस ३ नम्बर क्षेत्रिय कार्यसमिति, रुपन्देहीले आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा समेत सहभागिता जनाउनु भयो । बुधवार नै नेपाल शिक्षक संघको प्रदेश अधिवेशनको लुम्बिनीमा भएको कार्यक्रममा पनि सभापती देउवा सहभागि हुनुभयो।

सभापती देउवाले रुपन्देहीको तिलोत्तमा १३ टिकुलीगढमा निमार्ण गरिएको शहिद यादवनाथ आलोकको पूर्णकदको शालिकको  अनावरण गर्दै  शहिदहरु कुनै पार्टीको नभई देश र जनताको हुनु पर्नेमा जोड दिनु भयो ।  देश र जनताका लागि काम गर्ने क्रममा अपराधीवाट मारिएका शहिदहरुको सम्मान हुन नसकेको धारणा राख्नु भयो । उहांले अपराधीको जती नै निन्दा गरेपनि नपुग्ने समेत बताउनु भयो ।शहिदको सपना पुरा गर्नु दलहरुको कर्तव्य भएको भन्दै सभापति देउवाले यादवनाथ आलोकको सपना पुरा गरेरै छाडने प्रतिवद्धता व्यक्त गर्नु भयो ।  सभापति देउवाले अहिले पार्टीका सबै नेता कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य  तथा  लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले यादवनाथ आलोकले पुराएको योगदानको संम्झना गर्दै उहांलाई जति  सम्मान गरे पनि कमी हुने धारणा राख्नु भयो ।

शहिद यादव नाथ आलोक स्मृति केन्द्रका अध्यक्ष हेमराज अर्यालको सभापतित्वमा भएको कार्यक्रममा शहिद पत्नी सीतालक्ष्मी न्यौपानेले श्रीमानले अगाडी सार्नु भएका चाहना र आंकाक्षा पुरा गर्न नेपाली कांग्रेसलाई आग्रह गर्नु भयो ।

यस्तै नेपाली कांग्रेस ३ नम्बर क्षेत्रिय कार्यसमिति, रुपन्देहीले भैरहवामा आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा सभापति देउवा संक्षिप्त रुपमा बोल्नु भएको थियो । उहाले पार्टीका कार्यकर्ताहरुलाई पार्टीको हितको लागि एकजुट भई लाग्न आग्रह गर्नुभयो । उहाले आफैले उद्घाटन गरेको बिमानस्थल सञ्चालनको लागि पनि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

 

 

≪ Previous Post

‘वनलाई जीविकोपार्जन र रोजगारीको आधार वनाऔं’

Next Post ≫

अन्तरप्रदेश क्रिकेट खेल्न लुम्बिनीको टिम चितवनतर्फ प्रस्थान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क