बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भ्रष्टाचार गर्न नदिएका कारण वर्तमान प्रधानमन्त्री केपी ओलीसंग सम्बन्ध बिग्रिएको बताउनुभएको छ । आफु उपप्रधान तथा सहकारी मन्त्री हुंदा मन्त्रालायमा हुने भ्रष्टाचार रोकेको र विभिन्न खालका चलखेलमा सहमती नजनाएका कारण केपी ओलीसंग सम्बन्ध चिसिएको बताउनुभयो । उपप्रधानमन्त्री हुंदा सहकारीका ठग र प्रधामन्त्रीसंग लडाइ लड्नु परेको अध्यक्ष चित्रबहादुर केसीले […]