Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भ्रष्टाचार गर्न नदिएका कारण ओलीसंग सम्बन्ध बिग्रियो : चित्रबहादुर के.सी.
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भ्रष्टाचार गर्न नदिएका कारण ओलीसंग सम्बन्ध बिग्रियो : चित्रबहादुर के.सी.

संसारपोस्ट संवाददाता · ३२ श्रावण २०८२ · 0
भ्रष्टाचार गर्न नदिएका कारण ओलीसंग सम्बन्ध बिग्रियो : चित्रबहादुर के.सी.
100
SHARES
ShareTweet

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भ्रष्टाचार गर्न नदिएका कारण वर्तमान प्रधानमन्त्री केपी ओलीसंग सम्बन्ध बिग्रिएको बताउनुभएको छ । आफु उपप्रधान तथा सहकारी मन्त्री हुंदा मन्त्रालायमा हुने भ्रष्टाचार रोकेको र विभिन्न खालका चलखेलमा सहमती नजनाएका कारण केपी ओलीसंग सम्बन्ध चिसिएको बताउनुभयो । उपप्रधानमन्त्री हुंदा सहकारीका ठग र प्रधामन्त्रीसंग लडाइ लड्नु परेको अध्यक्ष चित्रबहादुर केसीले सुनाउनुभयो ।
भ्रष्टाचारबिरुद्व राष्ट्रिय जनमोर्चा रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको कोणसभामा बोल्दै अध्यक्ष केसीले भन्नुभयो–‘भ्रष्टाचार अपराध हो, यहां धेरैले अपराध गरेका छन्, निर्दोष जनात उठ्न ढिला भैसक्यो ।’
उहांले सत्ता र शक्तिमा बस्नेहरुले भ्रष्टाचार गरेको उदाहरण दिंदै सांसद बन्दा पार्टी र नेताहरुलाई खुवाएको घुसको पैसा फिर्ता गर्नका लागि ठूला दलका सांसदहरु मरिहत्ते गरेर मन्त्री हुने र मन्त्री भएपछि ठूलो घुस खाने गरेको बताउनुभयो ।
अध्यक्ष केसीले ठूलो दल बताउनेहरुले निष्ठाको राजनीनि नगरेको बताउंदै राजनीतिलाई उद्योग बनाएर भ्रष्टाचार गर्ने गरेको आरोप लगाउंदै हाम्रो पार्टी राष्ट्रिय जनमोर्चामा घुस खानेहरु नेता र सदस्य बन्न नपाउने उल्लेख गर्नुभयो । सत्ता र सरकारकै आडमा भ्रष्टाचार मौलाएको बताउंदै भ्रष्टाचार उन्मुलन गर्न जनता सचेत हुनुपर्ने अध्यक्ष केसीले बताउनुभयो ।
संघीयता भित्रिएसंगै देशमा भ्रष्टाचार बढेकाले प्रदेश चलाउने पैसाले शिक्षा, स्वास्थ्य निःशुल्क गर्न सकिने भएकाले संघीयता खारेज गर्नुको अर्को विकल्प नभएको उहांले बताउनुभयो ।
नेकपा मसाल रुपन्देही प्रवक्ता लालचन पन्तले सरकारकै संरक्षणमा भ्रष्टाचार बढेको र सरकारले भ्रष्टाचारीहरुलाई संरक्षण दिएको आरोप लगाउनुभयो । तलदेखि माथिसम्म राजनीतिक संरक्षणमा भ्रष्टाचार बढेको र सरकार मौन रहेको उहांले बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलमले नीतिगत भ्रष्टाचारले देश डुबेको बताउंदै सत्ता चलाउनेहरु नै भ्रष्टाचारमा संलग्न रहेको पुष्टि भएकाले जनताको बलमा भ्रष्टाचारबिरुद्व आन्दोलनमा उत्रनु पर्ने बताउनुभयो ।
आगमी कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका उम्मेदवारसमेत रहेका नेता आलमले ठूला पार्टी मिलेर भ्रष्टाचार गरेको दावी गर्दै संघीयताले भ्रष्टाचार बढाएको टिप्पणी गर्नुभयो । उहांले जनताले निर्वाचनमा मत दिएर जिताएकै सांसद, मन्त्रीहरुबाट भ्रष्टाचार हुने गरेको उल्लेख गर्दै चुनावमा भोट दिंदा त्यो पार्टीको नीति, कार्यक्रम हेरेर मात्रै भोट दिन आग्रह गर्नुभयो ।
राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष टानबहादुर केसीको अध्यक्षता र सचिव कृष्ण पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।
नेपालको हकमा संघीयता ठिक छैन भन्दै संघीयता खारेज, एमसीसी खारेज र भ्रष्टाचार बिरुद्वको अभियान चलाउंदै आएको राष्ट्रिय जनमोर्चाले केही दिन अघिदेखि पार्टीको केन्द्रिय कार्यक्रम अनुसार देशभर भ्रष्टाचार बिरुद्व अभियान चलाएको छ ।

≪ Previous Post

एसियन होटलले आईपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा मुक्तिनाथ क्याटिपल

Next Post ≫

भोलीदेखि बुटवलमा “स्वास्थ्य मुख महाअभियान” : असोज ५ गतेसम्म सञ्चालन हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क