Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एसियन होटलले आईपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा मुक्तिनाथ क्याटिपल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एसियन होटलले आईपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा मुक्तिनाथ क्याटिपल

संसारपोस्ट संवाददाता · ३२ श्रावण २०८२ · 0
एसियन होटलले आईपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा मुक्तिनाथ क्याटिपल
90
SHARES
ShareTweet

भैरहवा । रुपन्देहीको भैरहवास्थित एसियन होटल लिमिटेड (एसियन बुद्ध) ले आईपीओ जारी गर्ने भएको छ । होटलले आईपीओ जारी गर्नका लागि आवश्यक प्रक्रिया सुरु गरेको हो ।
बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार पर्यटकीय नगरी भैरहवा (सिद्धार्थनगर) मा विगत चार वर्षदेखि उत्कृष्ट सेवा र आतिथ्यको पहिचान बनाउँदै आएको एसियन होटलले आफ्नो व्यवसाय विस्तार गर्न सर्वसाधारणको समेत सहभागीता गर्नका लागि साधारण शेयर (आईपीओ) निष्काशनबाट ३५ लाख कित्ता साधारण सेयर जारी गरी ३५ करोड रुपैयाँ जुटाउने तयारी गरेको छ ।
आईपीओबाट जुटेको लगानीबाट होटलको सुविधा पाँचतारे स्तरमा स्तरोन्नति गर्ने, स्पोट्र्स कम्प्लेक्स तथा हेल्थ फिटनेस लगायतका पूर्वाधार विकास गर्ने योजना रहेको बताइएको छ । शेयर निष्काशन प्रक्रिया अघि बढाउन होटलले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ ।
एक औपचारिक कार्यक्रममा होटल एसियन लिमिटेडकोतर्फबाट अध्यक्ष पारस अधिकारी र मुक्तिनाथ क्यापिटलकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौता–पत्रमा हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा होटलका डाइरेक्टर तिलकराम घिमिरे, पोमनारायण अधिकारी, सन्तोष चौधरी, सुशान्त त्रिपाठी लगायतको उपस्थिति थियो ।
यो होटलले हाल ६६ वटा सुविधासम्पन्न कोठा, स्पा, फिटनेस सेन्टर, क्यासिनो, बैंक्वेट हल, बाह्य बगैंचा, उच्चस्तरीय सेमिनार, कन्फरेन्स तथा डेस्टिनेशन वेडिङ्ग जस्ता अन्य सम्बन्धित सुविधाहरुबाट आफ्नो व्यवसाय गर्दै आइरहेको जनाएको छ ।
शेयर निष्काशनपश्चात् अरु मुख्य सहरहरु पोखरा, काठमाडांै, चितवनमा आफ्नो सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । उक्त शाखा सेवाहरु थप गरे लगत्तै स्थानीयस्तरमा रोजगारी सिर्जना र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।
होटलले प्रविधिमा आधारित सेवा व्यवस्थापन प्रणाली, हरित पर्यटनको अवधारणा तथा दीगो विकासको लक्ष्यहरुप्रति प्रतिबद्ध रहँदै व्यवसाय विस्तारमा अग्रसर रहने रणनीति अघि सारिएको जनाएको छ ।

≪ Previous Post

तिलोत्तमाको जनता मा.वि.मा निःशुल्क दन्त शिविर

Next Post ≫

भ्रष्टाचार गर्न नदिएका कारण ओलीसंग सम्बन्ध बिग्रियो : चित्रबहादुर के.सी.

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क