तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२, मोहनाजोत स्थित जनता मा.वि.भाठामा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको ‘क्याम्पस–समुदाय–सहकार्य’ कार्यक्रम अन्तर्गत शिविर सञ्चालन गरिएको क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
क्याम्पसको स्वास्थ्य तथा सरसफाई एकाई र विस्तारित समितिको आयोजना तथा आधुनिक समाज डेण्टल प्रा.लि. बुटवलको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा २७२ जनाको निःशुल्क दन्त परीक्षण गरिएको क्याम्पसको स्वास्थ्य तथा सरसफाई एकाईका संयोजक विन्दु आचार्यले जानकारी दिनुभयो ।
त्यसअघि शिविर उद्घाटनका वक्ताहरूले विभिन्न संस्थाहरूका सहकार्यले भित्री बस्तीहरूसम्म निःशुल्क सेवा पु¥याउन सकिएको बताएका थिए ।
कार्यक्रममा आधुनिक समाज डेण्टल प्रा.लि. बुटवलका सञ्चालक अमृत भुसाल, विद्यालयका अध्यक्ष विष्णुबहादुर बोहरा, प्रधानाध्यापक शालिकराम खनाल लगायतले बोल्नुभएको थियो ।
शिविरमा डेण्टल समाजका तर्फबाट डाक्टर रक्षा अर्याल, डाक्टर पूर्णिमा पाण्डे, डेण्टल हाइजिनिष्ट लक्ष्मी थापा, नवीन पराजुली, रमा पौडेल लगायतले प्राविधिक सहयोग गर्नुभएको थियो ।
क्याम्पसका सहायक प्राध्यापक कविता पन्थीको सञ्चालनमा भएको कार्यक्रम उपप्राध्यापकहरू नारायणप्रसाद भूसाल, भिमलाल घिमिरे, कार्यालय सहयोगी नारायण खराल लगायतको संयोजनमा भएको थियो ।
