बुटवल । रोटरी क्लव अफ बुटवलले सामाजिक उत्तरदायित्व अन्तर्गत यस क्षेत्रमा गरेका कामको अवलोकन गरिएको छ ।
रोटरी क्लव अफ बुटवलले तिलोत्तमाको शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वन बाटिका) भित्र संचालन गरेको मोनो रेल, रोटरी वाटिका, ई-लाइबेरी तथा साइन्स थ्रेटर, रक्तदानका लागि प्रदान गरिएको रोटरी एम्बुलेन्स बस, एम्बुलेन्स भ्यान, तिलोत्तमाको मगरघाटमा निर्माण गरिएको पर्यावरण मैत्री रोटरी शवदाह गृहको अवलोकन गरिएको हो ।

रोटरी ३२९२ का डिष्ट्रिक गर्भनर विनोद कोईराला, सेक्रेटरी सुभाष सिग्देलसहित रोटरी क्लवका पदाधिकारी तथा सदस्यहरुको टोलीले सँयुक्त रुपमा अवलोकन गर्नुको साथै सबै परियोजनाले समुदायलाई पुर्याएको योगदानको विषयमा जानकारी लिएको रोटरी क्लव अफ बुटवलका अध्यक्ष कृष्ण पराजुलीले बताउनु भयो ।
परियोजना अवलोकन तथा निरिक्षणका क्रममा वनवाटिकाका अध्यक्ष खिमलाल पाण्डेले रोटरीले मानविय सेवा संगै पार्कमा ठुलो लगानीमा संचालित परियोजनावाट वार्षिक करिव २० लाख आम्दानी हुने गरेको र सो आम्दानीको २० प्रतिशत आपतकालिन कोषमा राखेर परियोजना मर्मत संभारमा खर्च गर्ने गरि व्यवस्था मिलाईएको जानकारी गराउनुभयो ।
परियोजना अवलोकन पछि अफिसियल क्लव भिजिट, १५७७ नियमित बैठक र तेस्रो क्लव एसेम्बल्ली कार्यक्रम आयोजना गरिएको थियो ।
सो अवसरमा डिष्ट्रिक गभर्नर कोईराला समक्ष रोटरी क्लव अफ बुटवलले वर्ष २०२५।२६मा गर्ने वार्षिक कार्यक्रमका वारेमा जानकारी गराईएको थियो ।
कार्यक्रममा क्लवका एडमिन डाईरेक्टर खिमनारायण पराजुली, क्लव सर्भिस डाईरेक्टर लालहरि पाण्डे, द रोटरी फाउन्डेशन डाईरेक्टर छबिन्द्र भट्टराई, मेम्बरसिप कमिटी डाईरेक्टर जीवकान्त काफ्ले, पब्लिक कमिटी डाईरेक्टर गोबिन्द खनाल, प्रेसिडेन्ट ईलेक्ट मधु प्रसाद अर्यालले क्लवले यो वर्ष गर्ने आ आफ्ना सेक्टरका काम वारे प्रकाश पार्नु भएको थियो ।
सोही समारोहमा क्लवका पूर्व अध्यक्ष अजयमान श्रेष्ठले रोटरीयनहरुले आयोजना गर्ने पदहस्तानतरण कार्यक्रम भडकिलो हुने गरेकोमा सच्चाउन, रोटरीयनले तिर्दै आएको शुल्कलाई बढाउन र खर्चलाई कम गर्न सुझाव दिनु भयो ।
डिष्ट्रिक गभर्नर विनोद कोईरालाले रोटरीको महत्वलाई थप उचाईमा पुराउदै दाताहरुसंगको सम्बन्धलाई थप प्रगाढ बनाउन सके दाताहरुको सहयोगमा बृद्धि हुने र मानविय आवश्यकताका थप काम गर्न सहज हुने धारणा राख्नु भयो । गर्भनर कोईरालाले विश्वमा शान्ति स्थापनाका लागि रोटरीको योगदान महत्वपूर्ण रहेको भन्दै विश्वभर स्कलर्स सिप मार्फत पिस स्कलर्सहरु तयार गरी करिब १९ सय पिस स्कलर्सलाई शान्ति स्थापनाका लागि खटाईएको बताउनु भयो । उहाँले रोटरीमा एकता जरुरी रहेको उल्लेख गर्दै नहुनेहरुलाई दिन सक्ने र नभएकाहरुको आवश्यकता पुरा गर्नका लागि मानविय सेवाले ओतपोत हुन निर्देशन दिनु भयो ।
क्लबका अध्यक्ष कृष्ण पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव शिव कुमार ज्ञवालीले सहजिकरण गर्नु भएको थियो ।