Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लायन्स क्लब अफ शंकरनगरद्वारा बन बाटिकालाई अग्नी नियन्त्रण यन्त्र प्रदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लायन्स क्लब अफ शंकरनगरद्वारा बन बाटिकालाई अग्नी नियन्त्रण यन्त्र प्रदान

संसारपोस्ट संवाददाता · २६ श्रावण २०८२ · 0
100
SHARES
ShareTweet

तिलोत्तमा । लायन्स क्लब अफ शंकरनगर, रुपन्देहीले युवाहरुलाई जलवायु परिवर्तन र पर्यावरण प्रति जिम्मेवार र जागरुक बनाउने र बिपद ब्यवस्थापन गर्ने उद्देश्यले विपद ब्यवस्थापन स्वयंसेवक समूह गठन गरेको छ ।

क्लवका अध्यक्ष दीपक भट्टराईको पहलमा `हाम्रो क्लब हाम्रो समुदायको लागि´ भन्ने उद्देश्य सहित भिमराज क्षेत्रीको संयोजकत्वमा नवयुवा क्लब र जनजागृती युवा क्लबका २-२ जना प्रतिनिधि सदस्य रहनेगरी ५ सदस्यीय विपद ब्यवस्थापन स्वयंसेवक समूह गठन गरिएको हो ।
सोही अवसरमा प्रकोप राहत अन्तर्गत क्ल्वले शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (बन बाटिका)लाई अग्नी नियन्त्रण यन्त्र प्रदान गरेको छ ।

क्ल्वका जिएल्टी कोअर्डिनेटर मुकुन्द ज्ञवालीले शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष्य खिमलाल पाण्डेलाइ अग्नी नियन्त्रण यन्त्र प्रदान गर्नुभएको हो ।
सो अवसरमा युवा सशक्तिकरणका सवालमा अन्तर्कृयात्मक कार्यक्रम भएको थियो भने कार्यक्रम संयोजक लायन भिमराज क्षेत्रीले क्ल्वले सामाजिक उत्तर्दायित्व अन्तर्गत गरेका कार्यक्रम र युवा शसक्तिकरणको महत्वका बारेमा प्रकाश पार्नु भएको थियो ।


क्लवका अध्यक्ष दीपक भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सिनियर डिस्ट्रिक एडभाइजर लायन लक्ष्मण पाठक, जोन चियर पर्सन लायन मनोज नेपाल, जिएल्टी कोअर्डिनेटर लायन मुकुन्द ज्ञवाली, आइपिपी पुरुषोत्तम आचार्य, शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष्य खिमलाल पाण्डे, नवयुवा क्लबका अध्यक्ष सुरज गौतम ज्यु, जनजागृती युवा क्लबका अध्यक्ष बिदुर के सी, क्ल्वका प्रथम उपाध्यक्ष्य लायन गोपाल कार्की, सचिव लायन सुमन पाठकलगाएतले बोल्दै क्लवले समाजिक उत्तरदायित्व अन्तरगत गरेका सबै कार्य प्रशम्सनिय रहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाइ निरन्तरता दिन सुझाव दिनुभयो ।
सोही अवसरमा लायन्स क्लब अफ शंकरनगर रुपन्देहिको दोस्रो बोर्ड तथा जनरल बैठक समेत बसेको थियो ।

 

≪ Previous Post

आज जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व, नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

Next Post ≫

आज सातवटै प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क