रामकुमार श्रेष्ठ नवलपरासी, १६ कात्तिक । पूर्वी नवलपरासीमा एकै दिन ५ जना कोभिड–१९ का संक्रमितहरुले ज्यान गुमाएका छन् । पूर्वी नवलपरासीमा गैडाकोटका २ जना, कावासोतीका २ जना र विनयी त्रिवेणीका १ जनाको निधन भएको हो । कावासोती ६ का ६७ बर्षीय पुरुष, कावासोती ११ का ६३ बर्षीय पुरुष, गैंडाकोट नगरपालिका–२ की ७७ वर्षीया महिला, गैडाकोट […]
संसारपोस्ट संवाददाता
बुटवल, १६ कात्तिक । कारोनाबाट रुपन्देहीमा थप दुइ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवलका एक जना र अर्का एक जना तिलोत्तमाका हुन । बुटवल स्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका ११ का ५२ बर्षे पुरुषको आइतबार दिउसो २ बजेपछि मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले जानकारी गराउनु […]
बुटवल १६ कार्तिक बुटवलमा मुख्य कार्यालय रहेको नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडले विगत ३ वर्षदेखि साधारण सभा गर्न सकेको छैन । आईतवार आह्वान गरेको विसं ०७४।७५को १४ औं साधारण सभा पनि गणपुरक संख्या नपुगेको भन्दै स्थगीत गरिएको छ । उर्जा क्षेत्रमा कामगर्ने चिरपरिचित संस्थामा लगानीकर्ता बीचको मनमुटाव र बहुमतका नाममा भएको पेलाईले कम्पनीको भविस्य संकटग्रस्त […]
बुटवल १५ कार्तिक पाँच अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको २५ मेघावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाले उत्पादन शुरु भएको ६ वर्षमै लगानी असुली गर्ने जनाएको छ । उत्पादन शुरु भएपछि वार्षिक ८७ करोड रुपैया आम्दानी हुने र ३५ वर्षसम्म आम्दानी गर्न सकिने आयोजना निर्माण कम्पनीले जनाएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधिन आयोजनाको लागि […]
न्युनतम मूल्य : मोटाको प्रति क्विन्टल २,७३५ र मध्यमको २,८८५ तिलोत्तमा, १५ कात्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने भएका छन् । नगरपालिकाको सहजीकरणमा सहकारीहरु किसानको धान संघीय सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा खरिद गर्न तयार भएका हुन् । संघीय सरकारले गत […]
बुटवल १४ कार्तिक लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सुत्केरी व्यथा लागेर भर्ना भएकी एक महिलाको मृत्यु भएको छ । अस्पतालको लाप्रवाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले शव ३ दिन पछि मात्र बुझेका छन । गुल्मीको मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बुधबार साँझ मृत्यु भएको हो । दशैंअघि दुई पटक […]
बुटवल १३ कार्तिक लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङले बालविवाह बिरुद्ध १५ दिने अभियान संचालनमा ल्याएको छ । अभियान अन्तर्गत प्रदेश अन्तरगतका सबै प्रहरी कार्यालयहरूले लक्षित बर्गसम्म पुगी बालविवाहलाई निरुत्साहन तथा नियन्त्रण गर्न कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन आम जनता, स्थानिय तहहरू, संचार माध्यम, नागरिक समाज लगायत सरोकार निकायहरू संग सहकार्य गरी कोभिड माहामारीको सुरक्षा अपनाई सचेतनात्मक […]
बुटवल १३ कार्तिक लुम्बिनी प्रदेशमा बुधवार आत्महत्या र सवारी दूर्घटनामा परि ९ जनाले ज्यान गुमाएका छन । विष सेवन गरि ३ जना , भुण्डीएर ५ जना र सवारी साधनको ठक्करवाट १ जना गरि ९ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । विष सेवनवाट वाँके ,वर्दिया र कपिलवस्तुमा एकएक जनाले ज्यान गुमाएका छन […]
नेपालगञ्ज, १३ कात्तिक । जिल्ला प्रहरी कार्यालय बाँकेले २९ लाख बढि रकम सहित जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क नजिकैको एक घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा सो क्षेत्रमा खटिएको प्रहरी टोलीले २९ लाख ४८ हजार ७ सय रुपैयाँ नगद सहित जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेको […]
कपिलवस्तु, ११ कात्तिक । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. २ लिङ्गेट स्थित चेकिङमा खटिएको प्रहरी टोलीले आज सांझ साढे ४ बजे भारत बाट नेपाल तर्फ आउदै गरेका जिल्ला दाङ घोराही उप–महानगरपालिका वडा नं. १६ बसपार्क वस्ने बर्ष १८ को मनोज चौधरीलाई लागु […]