नेपालगञ्ज, १३ कात्तिक । जिल्ला प्रहरी कार्यालय बाँकेले २९ लाख बढि रकम सहित जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क नजिकैको एक घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा सो क्षेत्रमा खटिएको प्रहरी टोलीले २९ लाख ४८ हजार ७ सय रुपैयाँ नगद सहित जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक सुवास खड्काले जानकारी दिनुभयो ।
प्रहरी नायव उपरिक्षक खड्काका अनुसार पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ दफा १२५ बमोजिम कानुनी कारबाही हुने छ ।