बुटवल, १६ कात्तिक । कारोनाबाट रुपन्देहीमा थप दुइ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवलका एक जना र अर्का एक जना तिलोत्तमाका हुन । बुटवल स्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका ११ का ५२ बर्षे पुरुषको आइतबार दिउसो २ बजेपछि मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले जानकारी गराउनु भयो । कात्तिक ६ गते संक्रमण पुष्टि भएपछि कोरोना अस्पतलमा भर्ना भएका ती पुरुषको भेन्टिलेटरको सहायताले उपचार भइरहेको थियो ।
त्यस्तै तिलोत्तमा नगरपालिका १ का ९५ बर्षीय बृद्धको पनि आज विहान मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाइ शनिबार लुम्बिनी प्रादेसिक अस्पतालको फिबर क्लिनिकमा लगिएको थियो । फिबर क्लिनिकको आइसोलेसनमा उपचारकै क्रममा ती बृद्धको मृत्यु भएको डा. गौतमले जानकारी दिनुभयो । यससंगै लुम्बिनी प्रादेसिक अस्पताल र सो अस्पतालद्वारा सञ्चालित बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ६२ पुगेको छ । कोरोना अस्पतलामा हाल २८ जना कोरोना संक्रमितको उपचार भइरहेको डा. गौतमले बताउनु भयो ।
