Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पूर्वी नवलपरासीमा एकै दिन ५ जना संक्रमितको मृत्यु, मृतकको संख्या २३ पुग्यो
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पूर्वी नवलपरासीमा एकै दिन ५ जना संक्रमितको मृत्यु, मृतकको संख्या २३ पुग्यो

संसारपोस्ट संवाददाता · १६ कार्तिक २०७७ · 0
पूर्वी नवलपरासीमा एकै दिन ५ जना संक्रमितको मृत्यु, मृतकको संख्या २३ पुग्यो
120
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ
नवलपरासी, १६ कात्तिक । पूर्वी नवलपरासीमा एकै दिन ५ जना कोभिड–१९ का संक्रमितहरुले ज्यान गुमाएका छन् । पूर्वी नवलपरासीमा गैडाकोटका २ जना, कावासोतीका २ जना र विनयी त्रिवेणीका १ जनाको निधन भएको हो ।
कावासोती ६ का ६७ बर्षीय पुरुष, कावासोती ११ का ६३ बर्षीय पुरुष, गैंडाकोट नगरपालिका–२ की ७७ वर्षीया महिला, गैडाकोट १३ का ३८ बर्षीय पुरुष र विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासीक ६४ बर्षीया महिलाको निधन भएको हो । दुई जनाको होम आइसोलेसनमै र ३ जनाका चितवनमा उपचारको क्रममा निधन भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंका अनुसार कावासोती नगरपालिका–६ का ६७ वर्षीय पुरुषको होम आइसोलेसनमा शनिबार विहान ३ः३० बजे घरमै निधन भएको हो ।
कात्तिक १३ गते कोरोना पोजेटिभ देखिएका ति पुरुष घरकै आइसोलेसनमा उपचाररत रहेका थिए । उनको कावासोती १३ को नारायणी नदी किनार घोसरघाट देखि केही पर जलाएर शव विसर्जन गरिएको थियो ।
त्यसैगरी गैंडाकोट नगरपालिका–२ कि ७७ वर्षीया महिलाको पनि होम आइसोलेसनमा मृत्यु भएको हो । उनको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै अन्तिम संस्कार गरेका थिए ।
मृतक दुवै जनाको उपचार हुन नसकेर मृत्यु भएको आफन्तले दावी गरेका छन् । होम आइसोलेसनमा निधन भएकाहरुको नारायणी नदी किनारका घाटहरुमा जलाएर शवको व्यवस्थापन गरिएको छ भने चितवनमा निधन भएकाहरुको शव चितवनमै व्यवस्थापन गरिएको थियो ।
त्यसैगरी गैडाकोट नगरपालिका १३ का ३८ बर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा निधन भएको गैडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । त्यसैगरी कावासोती ११ का ६३ बर्षका पुरुषको पनि शनिबार कोरोना संक्रमणबाट निधन भएको छ ।
उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा शनिबार विहान ८ बजे निधन भएको कावासोती ११ का वडा अध्यक्ष सारदा प्रसाद अधिकारीले बताउनु भयो । उनको चितवनमै दाहसंस्कार गरिएको थियो ।
सुगर, निमोनिया, दमका समेत रोगी रहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि परिवारले कात्तिक ११ गते उपचारका लागि चितवन मेडिकल कलेज लगेका थिए । उनको १४ गते अर्थात शुक्रबार पिसिआर रिपोर्ट पोजेटिभ आएको र त्यसको भोलिपल्ट शनिबार विहान ८ बजे निधन भएको वडा अध्यक्ष अधिकारीले बताउनु भयो । यसैगरी चितवन मेडिकल कलेजमा शनिबार नवलपुरकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा विनय त्रिवेणी गाउँपालिका १, दुम्कीबासकी ६४ वर्षीय महिला छिन् ।
अस्पतालका अनुसार ती महिला दम र श्वासप्रश्वाससम्बन्धी समस्या (सीओपीडी) भएर कात्तिक १२ गते अस्पताल भर्ना भएकी थिइन् । उनको १३ गते स्वाब परीक्षण गरिएकोमा सोही दिनै कोरोना पोजेटिभ पुष्टि भएको थियो
मिर्गौलाकी दीर्घरोगी (क्रोनिक किड्नी डिजिज) समेत भएकी उनको शनिबार बिहान ९ बजेर ३२ मिनेट जाँदा मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा. किशोर अधिकारीले जानकारी दिनुभयो । उनको कोभिड सघन उपचार कक्षमा राखेर उपचार हुँदै आएको थियो । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।

≪ Previous Post

बुटवलमा कोरोनाबाट थप दुइ जनाको मृत्यु

Next Post ≫

तिलोत्तमा नगरपालिका : ६० बिगाहामा आलुको सामुहिक खेती शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क