Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सुत्केरी हुन भर्ना भएकी गुल्मी मदानेकी महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको चरम लाप्रवाहीका कारण मृत्यु, २० गते छलफल गर्ने गरि सव उठाईयो
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सुत्केरी हुन भर्ना भएकी गुल्मी मदानेकी महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको चरम लाप्रवाहीका कारण मृत्यु, २० गते छलफल गर्ने गरि सव उठाईयो

संसारपोस्ट संवाददाता · १४ कार्तिक २०७७ · 0
सुत्केरी हुन भर्ना भएकी गुल्मी मदानेकी महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको चरम लाप्रवाहीका कारण मृत्यु, २० गते छलफल गर्ने गरि सव उठाईयो
210
SHARES
ShareTweet

बुटवल १४ कार्तिक
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सुत्केरी व्यथा लागेर भर्ना भएकी एक महिलाको मृत्यु भएको छ । अस्पतालको लाप्रवाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले शव ३ दिन पछि मात्र बुझेका छन ।
गुल्मीको मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बुधबार साँझ मृत्यु भएको हो ।
दशैंअघि दुई पटक सोही अस्पतालमा जाँच गराएकी ती महिला बुधबार बिहान ११ बजे प्रसूतिका लागि अस्पताल भर्ना भएकी थिइन् ।
अस्पतालको लाप्रवाही र उपचार प्रकृया गलत भएको आफन्तको आरोप छ । मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै शव नबुझ्ने अडानसहित अस्पताल गेट अगाडि विरोध जनाएका थिए् ।
‘मृत्यु हुनुभन्दा ५ मिनेट अघिसम्म फोनमा कुरा हुँदा मलाई राम्रो छ, बच्चाको धड्कन कम छ रे भनेकी थिइन्,’ मृतकका भाई मोहन पाण्डेले बताउनु भयो ।
५ मिनेटपछि त मृत्यु भयो भन्ने थाहा पायौं, यसले गर्दा हामीलाई शंका छ, छानबिन हुनुपर्छ ।
अस्पताल प्रशासन र पीडित पक्षबीच शुक्रवार भएको छलफलले कार्तिक २० गते अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, प्रशासन र पीडित पक्षबीच बैठक वसी छलफल गर्ने र सोही दिन छानविन समिति गठन गर्न परे गर्ने गरि लिखित सहमती भएसंगै सव उठाउने सहमती भएको मृतकका भाई मोहन पाण्डेले बताउनु भयो । अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बिहान ११ बजे सुत्केरी व्यथा लगाउने औषधि दिएपछि साँझ साढे ५ बजे बच्चा निस्कने ५ वटा ‘घर’ खुलिसकेको र अब नर्मल डेलिभरी हुने देखेर केहीबेर छाडिएको बताउनु भयो ।
केही समयमा महिलालाई श्वास प्रश्वासमा समस्या भएको थाहा पाएपछि अपरेसन गर्ने निर्णयमा पुगेर शल्यक्रिया कक्षमा लैजाने क्रममा मृत्यु हुन पुगेको प्रवक्ता गौतमले बताउनु भयो ।
बच्चा खेल्ने ठाउँमा रहेको पानीको फोका फुट्दा पनि यसरी आकस्मिकरुपमा आमाको मृत्यु हुने गरेको उहाँले बताउनु भयो । ‘यही कारणले मृत्यु भयो भनेर भन्न सकिन्न, तर अस्पताल र डाक्टरले जानी–जानी लापर्बाही गर्ने कुरा हुँदैन,’ प्रवक्ता गौतमले भन्नु भयो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पछिल्लो समयमा लाप्रवाही अली बढेको छ । उपचारमा संलग्नहुनेहरुको वेथिती र व्यवस्थापन पक्षको कमजोरी भएकोले उपचारार्थ आउने विरामीहरुको अनाहकमा मृत्यु हुने गरेकोले अस्पताल प्रशासन थप जिम्मेवार हुन जरुरी देखिएको छ । पछिल्लो समयमाअस्पतालमा भौतिक पूर्वाधारमा बढी ध्यान दिएको छ यससंगै विरामीको उपचारलाई प्रभावकारी बनाउन जरुरी रहेको सरोकारवालाहरुको माग रहेको छ ।

≪ Previous Post

बाल बिवाह बिरुद्ध लुम्बिनी प्रदेश प्रहरीद्धारा १५ दिन अभियान,

Next Post ≫

तिलोत्तमाका कृषि सहकारीहरुले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क