Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सेती नदी जलविद्युत आयोजनाले उत्पादन शुरु भएको ६ वर्षमै लगानी उठाउने उदघोष
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सेती नदी जलविद्युत आयोजनाले उत्पादन शुरु भएको ६ वर्षमै लगानी उठाउने उदघोष

संसारपोस्ट संवाददाता · १५ कार्तिक २०७७ · 0
सेती नदी जलविद्युत आयोजनाले उत्पादन शुरु भएको ६ वर्षमै लगानी उठाउने उदघोष
120
SHARES
ShareTweet

बुटवल १५ कार्तिक
पाँच अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको २५ मेघावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाले उत्पादन शुरु भएको ६ वर्षमै लगानी असुली गर्ने जनाएको छ । उत्पादन शुरु भएपछि वार्षिक ८७ करोड रुपैया आम्दानी हुने र ३५ वर्षसम्म आम्दानी गर्न सकिने आयोजना निर्माण कम्पनीले जनाएको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधिन आयोजनाको लागि कुल लागतको ७० प्रतिशत अर्थात ३५० करोड ऋण लगानीको सम्झौता भैसकेको छ ।
एनएमबि बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले ऋण लगानी गर्ने भएका छन् । बुटवलमा केन्द्रिय कार्यालय रहेको भिजन लुम्बिनी उर्जा कम्पनीद्वारा प्रर्वद्धित आयोजना सम्पन्न गर्न ५ अर्ब रुपैया लाग्ने भएको छ ।
कम्पनी मार्फत निर्माण सम्पन्न गरिने सेतीनदी जलविद्युत आयोजनाको लागि एनएम बि.बैँक लि को अगुवाईमा एनएम बि बैँक लि.मार्फत २२० करोड, कर्मचारी सञ्चय कोषमार्फत ८० करोड र कृषि विकास बैंक लि.मार्फत ५० करोड गरि जम्मा ३५० करोड ऋण लगानी हुने सम्झौता भएको शनिवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा भिजन लुम्बिनीका कार्यकारी अध्यक्ष जगत बहादुर पोखरेलले बताउनु भयो ।
आयोजनाका लागि बैंकहरुको तर्फवाट कुल लागत ५०० करोड को ७० प्रतिशतले हुने रकम ३५० करोड ऋण लगानी हुनेछ भने काठमाण्डौ, पोखरा, चितवन, तनहुँ, विशेष रुपमा बुटवलवासी र माछापुच्छ्रे गाँउपालिकाका स्थानीयहरु समेत शेयरधनी भई प्रबर्दकहरुको तर्फवाट ३० प्रतिशतले हुन आउने १५० करोड रकम लगानी हुने सम्झौतामा उल्लेख गरिएको छ । आयोजनाले विद्युत उत्पादन पछि आइपिओ मार्फत स्थानिय र सर्वसाधारणको लागि शेयर जारी गर्ने जनाएको छ ।
विगत ९महिनादेखि निर्माणको काम भैरहेको आयोजना आगामी १८ देखि २० महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको भिजन लुम्बिनीका संचालक ज्ञानेन्द्र कसजुले बताउनु भयो ।
उहाँले अहिलेसम्म सिभिलतर्फको १० प्रतिशत काम भएको बताउनु भयो ।
नमूना जलविद्युत परियोजनाको रूपमा स्थापित हुने गरी समयमा नै सम्पन्न गरिने उहाँले दावि गर्नु भयो ।
आयोजनाको सुपरिवेक्षणको काम हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले गर्दै आएको छ । आयोजनाबाट उत्पादित विद्युत कास्कीको लाहाचोकमा रहेको प्राधिकरणको सव–स्टेशनमा जोडिने अर्का संचालक बिनोद ज्ञवालीले बताउनु भयो ।भिजन लुम्बिनी उर्जाकम्पनी लिमिटेडद्वारा कास्की जिल्लाको माछापुच्छ्रे गाँउपलिकामा २५ मेघावाट क्षमताको सेतीनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
आयोजनाकालागि सरकारी निकायहरु नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय तथा वातावरण मन्त्रालयवाट लिनुपर्ने अनुमती तथा ईजाजतपत्रहरु लिने कार्य सम्पन्न गरी आयोजनाको डिटेल प्रोजेक्ट रिपोर्टको काम हाइड्रो कन्सल्ट एण्ड वि डि ए जे भीले सम्पन्न गरिसकेको छ ।
कम्पनीले आयोजनाको लागि पहुचमार्ग निर्माणको काम र जग्गा खरिदको काम पनि सम्पन्न गरिसकेको छ भने सिभिल निर्माणको कार्य रसुवा लुना जे भी ले गरिरहेको छ ।
आगामी दुई बर्ष भित्रमा मुख्य निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको निर्माण कार्य लकडाउनका बेलामा पनि भइरहेको थियो ।
सेतीनदी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली लाहाचोक सव स्टेसन सम्म १३२ के.भि.एको ४ किलोमिटर ट्रान्मिसन लाईन मार्फत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईनमा जोडिने छ ।

≪ Previous Post

तिलोत्तमाका कृषि सहकारीहरुले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने

Next Post ≫

नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडमा विवाद चुलिदो, ३ वर्ष देखि साधारण सभा हुन सकेन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क