बुटवल १३ कार्तिक
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङले बालविवाह बिरुद्ध १५ दिने अभियान संचालनमा ल्याएको छ । अभियान अन्तर्गत प्रदेश अन्तरगतका सबै प्रहरी कार्यालयहरूले लक्षित बर्गसम्म पुगी बालविवाहलाई निरुत्साहन तथा नियन्त्रण गर्न कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन आम जनता, स्थानिय तहहरू, संचार माध्यम, नागरिक समाज लगायत सरोकार निकायहरू संग सहकार्य गरी कोभिड माहामारीको सुरक्षा अपनाई सचेतनात्मक कार्यक्रम संचालन गर्ने जनाएको छ ।
बालविवाह गैह्रकानुनी कार्य हो भनी जनचेतना अभिबृद्धी गर्ने ,बालविवाह गराउने लाई कानुनी कारवाही गर्ने,बालविवाह बिरुद्ध प्रहरी अभियानको सहकार्यमा अभिबृद्धी गर्ने कार्यक्रम रहेको प्रहरीले जनाएको छ ।
अभियान अन्तर्गत १हजार २३१ स्थानमा १५ दिनमा कार्यक्रम संचालन गरिने पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेशका जिल्ला प्रहरी कार्यालयहरूबाट ५ वटा, ई.प्र.का.बाट ५ वटा, व.प्र.का.बाट ३ वटा,र प्र.चौ.बाट २ वटा कार्यक्रम संचालन गर्नु पर्ने भएको छ ।
त्यसैगरि प्रहरीले अभियान संचालन गर्दा नगरपालिका, गाउपालिका, संघ संस्थाहरू, उद्योग बाणिज्य संघ, स्थानिय कल्व, संचार माध्यम र अन्य सरोकारवाला निकायहरुसंग समन्वय गर्नु पर्ने छ ।
१५ दिन अभियानमा प्रहरी कार्यालय अगाडि, बजार, राजमार्गमा व्यानर र प्लेकार्ड राख्ने ,डिउटीमा रहेका प्रहरीबाट प्लेकार्ड देखाउने ,बढी मानिसहरू हिडडुल गर्ने स्थानहरूमा पोस्टर राख्ने ,समय समयमा गाउँमा माईकिङ गर्ने, रेडियोबाट अभियानको जानकारी गराउने ,पालिका, वडा र गाउँ स्तरमा सरोकारसंग अन्तरक्रिया गर्ने र बजार एरियामा दुई ३ जना सानो समुहमा अभियानका बारेमा जानकारी गराउने रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक राज कुमार वैदवारले बताउनु भयो ।
बाल विवाहको कारणबाट शारीरिक र मानसिक रोगको सिकार, घरेलु हिंसामा बृद्धि हुने, बिवाह पछी पढाई बिग्रने, बिभिन्न पारिवारीक, सामाजिक, आर्थीक असर परी बिभिन्न अपराध जन्य समस्याहरु सिर्जित हुने सक्ने जोखिम बढेको प्रहरीको थम्माई रहेको छ ।
कोभिडकोे महामारीको समयमा यस्ता घटनाहरु अझ घटन सक्ने हुँदा त्यसैले बालविवाह विरुद्ध प्रहरी अभियान संचालन गरी बाल विवाह नियन्त्रण गर्नु प्रहरी लागि परेको हो ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ मा बिवाह सम्बन्धि कसुरमा बालविवाह स्वतः बदर र कसुर गर्नेलाइ तीन बर्ष कैद र तीस हजार रुपैया जरिवाना समेत तोकिएको छ ।
यसरी बालविवाह हुँदा वालवालिकाहरू पढन पाउने, स्वेच्छिक विवाह गर्न पाउने, समाजमा सम्मानपूर्वक बाँच्न पाउने हकबाट समेत बञ्चित हुन्छन तसर्थ सुरक्षित, शान्त, सम्मुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि बालविवाह नियन्त्रण गर्न जरुरी रहेकोले यस अभियानलाई सबैले सहयोग गर्न जरुरी रहेको प्रहरीको आह्वान रहेको छ ।
१ हजार लिदै नेपाल भित्राउने भारतीय नागरिक पक्राउ
बुटवल १३ कार्तिक
कोभिड माहामारीको समयमा एक हजार रुपैया लिई भारतीय नागरिकलाई नेपाल भित्राउने एक जनाभारतीय नागरिकलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला रुपन्देही सि.न.पा.वडा नं.१ वेलहिया स्थित कोटहीमाई गल्ली हुंदै १ जना भारतीय नागरिकलाई १ हजार रकम लिई अवैध रुपमा नेपाल प्रवेश गराएको अभियोगमा भारत उत्तर प्रदेश महाराजगंज जिल्ला मदरा बस्ने प्रेम सागर भारतीको छोरा वर्ष २० को अजय भारतीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
निजले सो सार्वजनिक स्थानमा वाटोमा आवत जावत गर्ने पैदल यात्रीहरुसंग रकम लिने गरेको र नदिएमा झगडा गर्ने गरेकोले निजलाई पक्राउ गरि अभद्र व्यवहारमा कानुन वमोजिम कारर्वाही अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रनाउ खड्क बहादुर खत्री बताउनु भयो ।