Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ वुद्ध दर्शन मानव जातिकै लागि अमुल्य निधि : मुख्यमन्त्री पोख्रेल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

वुद्ध दर्शन मानव जातिकै लागि अमुल्य निधि : मुख्यमन्त्री पोख्रेल

संसारपोस्ट संवाददाता · २५ बैशाख २०७७ · 0
वुद्ध दर्शन मानव जातिकै लागि अमुल्य निधि : मुख्यमन्त्री पोख्रेल
100
SHARES
ShareTweet


बुटवल, २५ बैशाख । प्रदेश ५ का मूख्यमन्त्री शँकर पोख्रेलले वुद्धका उपदेश आज स्थापित वुद्ध दर्शन बौद्ध धर्मावलम्वीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमुल्य निधि भएको वताउनु भएको छ ।
२५६४ औं बुद्ध जयन्तीको अवसरमा मुख्यमन्त्री पोख्रेलले जारी गर्नुभएको शुभकामना सन्देशमा इसापूर्व ५६३ अर्थात आजभन्दा २५६४ वर्ष अघि लुम्विनीमा जन्मिएका सिद्धार्थ गौतम बुद्ध विश्व शान्ति र मानव कल्याणका अग्रदुत हुनुहुन्छ भनिएको छ ।
‘वुद्धले मानव कल्याण, अहिंसा र शान्तिको खोजीका लागि २९ वर्षको उमेरमा राजगद्दीको उत्तराधिकार सहित गृहत्याग गर्नुभयो । हिंसा र दुखको कारणको खोजीमा गृह त्याग गर्नुभएका सिद्धार्थ गौतम् वुद्धले भातृत्व र मानव कल्याणका लागि महान दार्शनिक विचारवाट समाजलाई दिक्षित गर्नु भयो । र, मानिसलाई सत्कर्मको वाटोमा हिडाउन सफल हुनु भयो ।’ शुभकामना सन्देशमा उल्लेख छ ।
प्राचीन कपिलवस्तु र कोलीय गणराज्यमा धेरै स्थलहरु माटोमुनि दविएर रहेका र ती सम्पदास्थलको अन्वेषण गर्दै मानव जातिको अमुल्य निधिका रुपमा संरक्षित गर्नु आवश्यक छ भन्दै शुभकामना सन्देशमा वुद्धकालीन सम्पदाका रुपमा रहेका ऐतिहासिक स्थलहरु तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सग्रहवा, अरौराकोट र सग्रहवाको खोज अनुसन्धान तथा पर्यटकीय हिसावले ती क्षेत्रको विकास जरुरी रहेको उल्लेख गरिएको छ ।
‘बौद्ध सम्पदास्थलको खोज र अनुसन्धानका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयसंग सहकार्य अघि बढेको र पर्यटन प्रवद्र्धनको लागि बृहत्तर ढंगले काम गर्न आवश्यक भएकाले हामी योजनाबद्ध रुपले अघि बढिरहेका छौं ।’ सन्देशमा भनिएको छ ।
शुभकामना सन्देशमा लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने नाराका साथ अघि बढेको लुम्बिनी भ्रमण वर्ष कार्यक्रमको औपचारिक समापन गर्न असमर्थ भएका छौं र लुम्बिनीमा हुने बुद्ध जयन्तीको भव्य कार्यक्रम पनि नहुने उल्लेख छ ।
यतिखेर विश्व कोरोना भाइरस विरुद्ध लडिरहेको छ, यो लडाईमा हामी पनि छौं र कोरोना विरुद्धको लडाईलाई सफल पार्न मुलुक डेढ महिनादेखि लकडाउनमा छ सन्देशमा उल्लेख छ ।
विश्व शान्तिको कामनाका लागि र कोरोना विरुद्धको अग्रमोर्चामा खटिएका चिकित्सक सहितका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा आज साँझ घर—घरमा दीप प्रज्ज्वलन गर्न मुख्यमन्त्रीले शुभकामना सन्देश मार्फत सवैलाई आह्वान गर्नुभएको छ । मुख्यमन्त्री पोख्रेलले लकडाउनको पालना गर्दै सबै घर—घरमा बस्न सक्दा मात्रै कोरोना विरुद्धको संघर्षलाई सफल बनाउन सकिने भएकाले यस अवसरमा लकडाउनको पूर्ण रुपमा पालना गरी आफू पनि सुरक्षित हुन र अरुलाई पनि सुरक्षित बनाउन समेत अपील गर्नुभएको छ ।

≪ Previous Post

आज २५६४ औँ बुद्ध जयन्ती : कोरोनाका कारण सबै कार्यक्रम स्थगित

Next Post ≫

युवालाई विनाधितो सहुलियतपूर्ण कर्जा दिँदै तिलोत्तमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क