Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ युवालाई विनाधितो सहुलियतपूर्ण कर्जा दिँदै तिलोत्तमा
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

युवालाई विनाधितो सहुलियतपूर्ण कर्जा दिँदै तिलोत्तमा

संसारपोस्ट संवाददाता · २५ बैशाख २०७७ · 0
युवालाई विनाधितो सहुलियतपूर्ण कर्जा दिँदै तिलोत्तमा
60
SHARES
ShareTweet

युवाहरुसँग उद्यम प्रस्ताव आह्वान



तिलोत्तमा, २५ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण रोजगारीका अवसरहरु संकुचित भैरहेको अवस्थालाई मध्येनजर गरी रुपन्देहीको तिलोत्तमा नगरपालिकाले युवाहरुलाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउन विना धितो सहुलियतपूर्ण कर्जा दिने भएको छ । स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले प्रतिव्यक्ति बढीमा चार लाख रुपैंयाँ सहुलियतपूर्ण कर्जा लगानी गर्ने छ ।
पहिलो चरणमा दुई करोड रुपैंयाँ कर्जा प्रवाह गर्नेगरी नगरपालिकाले युवाहरुसँग उद्यम प्रस्ताव आह्वान गरेको छ । इच्छुक युवाहरुले जेठ ५ गतेसम्म आफूले गर्न चाहेको उद्यम सम्बन्धी प्रस्ताव नगरपालिकामा पेश गर्नुपर्नेछ । प्राप्त प्रस्तावअनुसार नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा युवाहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरिने नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।
नगरपालिकाले गत कार्तिक महिनामा सम्पन्न गरेको लगानी सम्मेलनमा नेपाल बैंकसँग सहुलियतपूर्ण कर्जाको लागि सम्झौता गरेको थियो । सोही सम्झौताअनुसार नगरपालिकाले बैंकको रिजर्ब कोषमा कर्जा प्रवाहको लागि रकम जम्मा गरिसकेको छ ।
विशेषगरी बेरोजगार युवाहरुलाई लक्षित गरी सानोतिनो रकमबाट केही काम गर्न चाहनेहरु यो कर्जाबाट लाभान्वित हुने नगरपालिकाको विश्वास छ । हालका लागि कर्जाको व्याजदर पुरुषको हकमा वार्षिक ४.५० प्रतिशत, महिलाको हकमा वार्षिक ३.५० प्रतिशत छ ।
कर्जा प्राप्त गर्ने युवा १८ देखि ५० वर्ष उमेर समूहको हुनुपर्ने र कुनैपनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा नलिएको हुनुपर्ने नगरपालिकाले जनाएको छ । महिला, दलित, पछाडी पारिएको वर्ग—समुदाय, वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई कर्जामा प्राथमिकता दिइने उपप्रमुख जागेश्वरी चौधरीले बताउनुभयो ।
कर्जा प्रवाहका लागि तरकारी, फलफूल, पुष्प, च्याउ, जडिबुटी खेती, पशुपंक्षी पालन, मत्स्यपालन, नगदेबाली, घरेलु तथा कुटिर उद्योग र अन्य स्वरोजगारका क्षेत्रलाई प्राथमिकता दिइएको छ । भुक्तानीको अवधि बढीमा ५ वर्ष रहेको सहुलियतपूर्ण कर्जालाई युवाहरुको प्रस्तावअनुसार विस्तार गर्न सकिने नगर प्रमुख घिमिरेले बताउनुभयो ।

≪ Previous Post

वुद्ध दर्शन मानव जातिकै लागि अमुल्य निधि : मुख्यमन्त्री पोख्रेल

Next Post ≫

कोरोना भाईरसवाट मुक्तिका लागि वुद्धका सतमार्ग प्रभावकारी हुने: प्रदेश प्रमुख यादव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क