Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ नयाँ वर्षको शुभकामना !
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नयाँ वर्षको शुभकामना !

संसारपोस्ट संवाददाता · १ बैशाख २०७७ · 0
नयाँ वर्षको शुभकामना   !
60
SHARES
ShareTweet

लेखक : पुरुषोत्तम पाण्डेय, बुटवल



भुँइमा खसेका
पुराना पातको ऊर्जाले
अस्तित्वका मुनाहरू पलाए झैँ
विगतका अनुभवसँगै
विचारको गाम्भीर्य बोकेर
राराको सौन्दर्य अनुहारमा पोखेर
निश्चल हिमालको मन अनि
अटल पहाडको छाती बोकेर
सम्बोधी आँखा खोल्नू
नदी झैँ अविरल बग्नू
शुभकामना छ तिमीलाई नयाँ वर्षको ।

फूल मात्र होइन जिन्दगी
काँडा र खहरे पनि हो
हो, त्यही काँडा र खहरेमा
बाँच्नेहरूको
भोक, शोक र रोग मेटियोस्
आफ्ना लागि त गरियो, गरिन्छ
सकिन्छ भने
एक पङ्क्ति भए पनि
झुपडी र बगरका
जिन्दगीको कथा लेखियोस्
शुभकामना छ तिमीलाई नयाँ वर्षको

चुचुरोमा पुगेपछि
तल झर्नै पर्छ
पख, सँगसँगै जाऔँला
मान्छे, मान्छे नै त हो
जात, धर्म र लिङ्गको
सीमा किन बाँध्ने ?
आऊ, समसत्ताको मैदानमा
खुसीको होली खेलौँ
भन्न पो बिर्सियो कि ?
अरे….
किन आत्तिन्छौ ?
मौका आएको छ नगुमाउनू
शुभकामना छ तिमीलाई नयाँ वर्षको ।

हो, म मान्छु
सफलता तिम्रो मिहिनेत हो
सफलतासँगै
सम्बन्ध चिसिन सक्छ
अहङ्कारको उन्मादले
उफ्रिएको
अस्तित्वको भँुइचालो
शेषनागले कसरी रोक्न सक्छ
छाडिदेऊ
ती सब काल्पनिक कथा
विगतका तीतापीरा व्यथा
पछि मौका मिल्ला नमिल्ला
लेख्नू,
युगपुरुष बनेर
बस्तीमा हराएका मान्छेहरूको कथा
शुभकामना छ तिमीलाई नयाँ वर्षको ।

≪ Previous Post

आजबाट नयाँ बर्ष २०७७ साल सुरु

Next Post ≫

राहत वितरणमा विभेद र राजनीति नगर : काँग्रेस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क