Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आजबाट नयाँ बर्ष २०७७ साल सुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आजबाट नयाँ बर्ष २०७७ साल सुरु

संसारपोस्ट संवाददाता · १ बैशाख २०७७ · 0
आजबाट नयाँ बर्ष २०७७ साल सुरु
60
SHARES
ShareTweet


बुटवल, १ बैशाख । आजबाट विक्रम संवत् २०७७ सालको नयाँ वर्ष सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।
विश्वका हरेका ठाउँमा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा हर्षोल्लासका साथ मनाउने गर्दछन् । विगतका नयाँ वर्ष विभिन्न ठाउँ घुमफिर, रमाईलो अनि साथी भाई संग भेटघाट र एक आपसमा शुभकामना आदान प्रदान गरी मनाउने गरिएको मा यो नयाँ वर्ष भने अन्य नव वर्षहरु भन्दा धेरै फरक तरिकाले मनाउनु परेको छ । विगतमा जस्तो नयाँ वर्षमा एक अर्कासँग अङ्कमाल गरेर हैन, सामाजिक दूरी कायम राखेर मनाउनु परेको छ । यो नयाँ वर्षको उत्साहलाई सबैले आफ्नै घर आँगनमा सिमित राखेर मनाउनु परेको छ ।
विश्वभर फैलिएको कोरोना महामारीको रोकथाम र यसको उच्च जोखिम र संक्रमणबाट बच्नका निमित्त सरकारले गरेको लकडाउनको पालना गर्दै सम्पूर्ण नेपालीहरुले घरमै सतर्क र सुरक्षित बसेर २०७७ सालको नयाँ वर्ष मनाउदैछन् । वास्तवमा हामीले आजको दिन सुरक्षित भएर आआफ्नै घरमा बसेर नयाँ वर्ष मनाउदै गर्दा हामी यो महामारीबाट सुरक्षित रहनेछौं । सबैले आज आफ्नै घर आँगनमा बसेर गत वर्ष गरेका कामको सफलता–असफलता मूल्यांकन गरौं, असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गरौं ।
यो वर्ष देशभरका मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि लाग्ने भीड पनि लागेन । भीडभाड भई रोग सर्न सक्ने भएकाले सजगता अपनाउँदै मन्दिरहरुमा नित्य पूजामात्र गरिएको छ भने धेरै मन्दिरमा सूचना टाँस गरी मूल ढोकामा ताला लगाइएको छ ।
नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिने चलन भए पनि यस वर्ष कोरोनाका सन्त्रासका कारण चैत ११ गतेदेखि निरन्तर देशभर लकडाउन भएकाले मानिस घरमै बसेका छन् ।

नयाँ वर्षमा सबैको हृदयमा शान्ति र शरीरमा कान्ती छाओस् । सबैको कल्याण होस, प्रकृतिले माया गर्ने र प्रकृतिलाई माया गर्ने समाजको विकास होस् । नयाँ वर्ष २०७७ को सबैमा मंगलमय शुभकामना !

≪ Previous Post

तिलोत्तमाको कोरोना उपचार कोषमा काँग्रेस तिलोत्तमाको २ लाख १ हजार सहयोग

Next Post ≫

नयाँ वर्षको शुभकामना !

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क