तिलोत्तमा सहकारीले दियो ५१ हजार १११
बुटवल, ३० चैत । नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले तिलोत्तमा नगरपालिकाको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ ।
नेपाली काँग्रेसले कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा विपतमा परेका परिवारहरूलाई राहत वितरणमा सहयोग पु¥याउने उद्देश्यले नगरपालिकाले स्थापना गरेको कोषमा रकम सहयोग गरेको हो ।
नगर प्रमुख बासुदेव घिमिरेलाई रहयोग रकमको चेक हस्तान्तरण गर्दै नेपाली काँग्रेसका नगर सभापति हरिलाल पाण्डेले विश्वमा महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नेपालमा समेत देखापरेको सन्दर्भमा एकद्वार प्रणालीवाट खर्च गर्ने गरी तिलोत्तमा नगरपालिकाले स्थापना गरेको कोषमा रकम सहयोग गरेको बताउनु भयो ।

कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको तेस्रो चरणका कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग पुगोस भनेर रकम सहयोग गरिएको भन्दै सभापति पाण्डेले कोरोनाका कारण प्रभावित विपन्न समुदायलाई राहत वितरण गर्दा राजनैतिक गन्ध नआउने किसिमबाट सम्पुर्णलाइ समेटेर वितरण गर्न नगर प्रमुखलाई आग्रह समेत गर्नुभयो । उहांले हरेक विपतको घडीमा नेपाली काँग्रेस तिलोत्तमा नगर सदैव जनताको साथमा रहने बताउनु भयो ।
सो अवसरमा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले नेपाली काँग्रेस तिलोत्तमाले गरेको सहयोगको प्रशंसा गर्दै राहत वितरण कार्य सबैको सहभागिता सहित विभेदरहित र पारदर्शी हुने प्रतिवद्धता जनाउनु भयो ।
सहयोग रकम नेपाली काँग्रेस तिलोत्तमा नगर समिति र सबै वडा समितिलाई परिचालन गरी संकलन गरेर एकमुष्ट रुपमा नगरपालिकालाई हस्तान्तरण गरेको सचिव शिव गैरेले जानकारी दिनुभयो ।
तिलोत्तमा सहकारीले दियो ५१ हजार १११
यस्तै तिलोत्तमा बहुमुखी सहकारी संस्था लि. तिलोत्तमा २ ले पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत तिलोत्तमा नगरपालिकाको तिलोत्तमा प्रकोप ब्यवस्थापन कोषमा जम्मा हुने गरी ५१ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।

आज आईतबार तिलोत्तमा नगरपालिका परिसरमा कोरोना भाइरस (कोभिड–१९) का विरुद्ध तिलोत्तमा प्रकोप ब्यपस्थापन कोषका लागि सहकारीका अध्यक्ष माधवलाल देवकोटाले ५१ हजार १११ रुपैयाँको चेक नगर प्रमुख बासुदेव घिमिरेलाई हस्तान्तरण गर्नुभयो । यो विषम परिस्थिति र महामारीका बेला सबैको साथ र सहयोग तथा लकडाउनलाई पूर्ण कार्यान्वयन गरेमा मात्र कोरोना भाइरसको जोखिम बाट बच्न सकिने र यसको संक्रमणलाई रोक्न सकिने भएकाले सहकारी संस्थाले यो अभियानमा सहयोग गरेको सहकारीका अध्यक्ष देवकोटाले बताउनु भयो ।