Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नवलपरासीमा राहतमै घोटला : सर्वत्र आलोचना
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपरासीमा राहतमै घोटला : सर्वत्र आलोचना

संसारपोस्ट संवाददाता · ३० चैत्र २०७६ · 0
नवलपरासीमा राहतमै घोटला : सर्वत्र आलोचना
60
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ



नवलपरासी, ३० चैत । कोरोना भाइरसको महामारीका कारण भएको लकडाउनबाट गरिव तथा विपन्न परिवार भोकभोकै मर्न नपरोस् भनेर वितरण गरिएको राहतमै घोटला गरिएको पाइएको छ ।
नवलपरासीको रामग्राम नगरपालिकामा राहत वितरण गर्दा कुहिएको चामल, म्याद नाघेको खाद्यान्न र तोकिए भन्दा कम तौल खाद्यान्न वितरण गरेर घोटला गरेपछि यसको सर्वत्र आलोचना भएको छ ।
पूर्वी र पश्चिम नवलपरासी गरी दुई जिल्ला रहेको नवलपरासीको १५ वटा स्थानीय तहहरुमा कतै खानै नपुग्ने गरी निक्कै कम राहत वितरण गरिएको छ भने कतै म्याद नाघेका र कुहिएका खाद्यान्न वितरण गरिएको छ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा कुहिएका चामल र म्याद नाघेका खाद्यान्न वितरण भएको पाइएपछि स्थानीयले विरोध स्वरुप आफुले पाएको राहत सामाग्रीलाई नगरपालिकाको गेट अगाडि नै फालिदिएका थिए ।
राहत वितरणमा घोटला भएपछि रामग्राम नगरपालिकामा अहिले राहत वितरण रोकिएको छ । रामग्राम नगरपालिकामा अहिले राहत वितरणमा घोटला छानविन गर्नका लागि छानविन समिति समेत गठन गरिएको छ ।
त्यस्तै कतिपय स्थानीय तहमा वडाले गरिव विपन्न भनेर राहत वितरणका लागि नाम टिपेर पठाएको भन्दा कम संख्यामा राहत पठाएपछि गरिव तथा विपन्नहरुले राहत नपाएको गुनासो गरेका छन् ।
पूर्वी नवलपरासीको कावासोती १६ सुन्दरवस्तीमा ३० घर विपन्न परिवार रहेका छन् । यहाँ रहेका सबै मजदुरी गरी खाने सुकुम्बासी परिवार हुन् । यहाँ वडाले सबै घरको नाम टिपेर लगे पनि आधाले मात्र राहत पाएको स्थानीयले गुनासो गरेका छन् ।
कावासोती ३ का वडाअध्यक्ष अमृत श्रेष्ठले वडाले पठाएको संख्या भन्दा कम संख्यामा राहत आएपछि वितरणमा समस्या भएको बताउनु भयो । कावासोती नगरपालिकामा कतिपय सम्पन्न परिवारले पनि राहत लगेको र कतिपय विपन्न परिवारले समेत राहत नपाएको विपन्न परिवारको गुनासो छ । त्यसमाथि राहत निक्कै कम अर्थात प्रति परिवार १५ किलो चालम भए पनि कतिपयलाई नाममात्रको राहत वितरण गरिएपछि उनीहरुले किन लिने भन्दै अस्वीकार गरेका छन् ।
यसैबीच बर्दघाट नगरपालिकामा लकडाउनका बेला खुलेका अत्यावश्यक सामग्री अर्थात खाद्यान्न पसलहरुमा चेक जाँच गर्दा समय गुज्रिएका खाद्य सामाग्री विक्री गरेको पाइएको छ । बर्दघाट नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्लेले अनुगमनको क्रममा म्याद गुज्रेका पेयपदार्थ, ड्राइ फुड, मसला र औषधी समेत बरामद गरिएको बताउनु भयो । ति पसलहरुलाई कारवाहीको दायरामा ल्याउन बर्दघाट नगरपालिकाले तयारी गरेको छ ।

≪ Previous Post

तिलोत्तमामा गहुँको मूल्य प्रतिक्विन्टल तीन हजार रुपैयाँ

Next Post ≫

तिलोत्तमाको कोरोना उपचार कोषमा काँग्रेस तिलोत्तमाको २ लाख १ हजार सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क