बुटवल, २९ माघ । लक्ष्मीनगर विकास केन्द्र र रुपान्तरण बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा रक्तदान गरिएको छ । बार्षिक कार्यक्रम अन्तरगत आयोजना गरिएको रक्तदान कार्यक्रममा २५ पोका रगत संकलन भएको कार्यक्रम संयोजक खेमबहादुर थापाले जानकारी गराउनु भयो ।
लक्ष्मीनगर विकास केन्द्रको १४ औं र रुपान्तरण सहकारीको ८ औं स्थापना दिवसको अवसरमा बुधबार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । विकास केन्द्र र सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा रक्तदान कार्यक्रम गर्ने गरिएको विकास केन्द्रका कार्यवाहक अध्यक्ष गोकर्णप्रसाद ज्ञवालीले बताउनु भयो । रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रमको अध्यक्षता गोकर्णप्रसाद ज्ञवालीले गर्नुभएको थियो ।