Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रथम गैडहवाताल महोत्सव विहिवार देखि:मुख्य मन्त्री पोखरेलले शुभारम्भ गर्ने
नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

नेपाल प्रेस युनियनको विकास पत्रकारिता...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

बिना दर्ता संचालित भैरहवाका आठ...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
ज्यान मार्ने र बैकिङ कसूर मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने र बैकिङ कसूर...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रथम गैडहवाताल महोत्सव विहिवार देखि:मुख्य मन्त्री पोखरेलले शुभारम्भ गर्ने

संसारपोस्ट संवाददाता · २९ माघ २०७६ · 0
प्रथम गैडहवाताल महोत्सव विहिवार देखि:मुख्य मन्त्री पोखरेलले शुभारम्भ गर्ने
90
SHARES
ShareTweet


बुटवल २९ माघ “गैडहवा ताल घुम्न जाऔं, डुङ्गामा चढी सरर रमाऔं, नेपाल भ्रमण वर्ष, २०२० सफल पारौं” “बाह्य र आन्तरिक पर्यटन प्रर्वद्धन गरौं, गैंडहवा ताल महोत्सव २०७६ सफल पारौं” र “हाम्रो अभियान पर्यटकको मान सम्मान, गैंडहवा ताल हाम्रो शान“ भन्ने नारा सहित गैडहवामामा शुरु हुन लागेको प्रथम गैडहवाताल महोत्सव २०७६ को प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले विहिवार शुभारम्भ गर्नु हुने छ ।
रुपन्देही जिल्लाकै ठूलो र प्रदेश नं. ५ कै नमूना ताल बन्न सक्ने गैडहवातालको प्रबद्र्धन गर्न र नेपाल भ्रमण बर्ष २०२० लाई समेत लक्षित गरी संचालन गरिएको प्रथम गैडहवाताल महोत्सव–२०७६ ले ओझेलमा परिरहेको र संचार माध्यममा खासै प्रचारमा आउन नसकेको गैडहवातालको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटनहरुको आगमनलाई बृद्धि गर्न सहयोग गर्ने महोत्सव प्रचार प्रसार उपसमितिका् संयोजक तथा वडा नं. ८ का वडा अध्यक्ष भुवन बहादुर रानाले बताउनु भएकोछ ।
“कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र व्यापार, पर्यटन सहितको पूर्वाधार विकास” भन्ने मुख्य नारा सहित संचालन हुने महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको बिशेष प्रस्तुती हुने छ भने महोत्सव अवलोकन गर्न आउने दर्शकहरुलाई गैडहवातालको अवलोकन गर्नको लागि गैडहवा गाउपालिकाले २० लाख रुपैया खर्च गरेर दुइ वटा स्टीमर र दुइवटा खुट्टे गरी चारवटा डुंगा संचालनमा ल्याएकोछ ।यस्तै दर्शकहरुका लागि थप अध्ययन तथा अवलोकनका लागि एशियाकै दोश्रो जटायू रेष्टुरेण्टको भ्रमण गराउने संयोजक रानाले बताउनु भएको छ।
नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाईरहेको सन्दर्भमा प्रदेश नं ५ मा पर्यटनको प्रचुर सम्भावनालाई उजागर गर्न गैडहवामा रहेका जोगडेश्वर महादेव मन्दिर, रामजानकी मन्दिर, बोटानिकल गार्डेन, बुद्ध गार्डेनको रुपमा विकास गर्दै गैडहवाताललाई गाउँपालिकाको वडा नं ९ स्थित तुल्सीहवा तालसँग जोडेर जल पर्यटनको रुपमा विकास गर्न पनि महोत्सवको आयोजना गर्न लागिएको संयोजक रानाले बताउनु भएको छ । यसैगरी गाउँपालिकाको ८ नं वडामा रहेको देउराली सामुदायिक वनमा रहेको बाल उद्यानलाई पर्यटकीय रमणीय पार्क र बिश्व शान्तीका अग्रदुत गौतम बुद्धकी माता यशोधराको जिवनी सहितको इतिहासलाई समेत प्रचार गर्न गाउँपालिकाको वडा न ६ र ८ मा पर्ने सन्तेश्वर घाट नजिक रहेको यशोधरा पार्क स्थापनाको समेत तयारी रहेको गैडहवा गाउपालिकाले जनाएको छ ।
महोत्सवलाई सभ्य र भब्य रुपमा सफल बनाउन गैडहवातालको पहिचान गर्ने गरी सैनामैनाको कलौनीचौक र लुम्बिनीको पर्साचौकमा महोत्सव केन्द्रित झण्डा ब्यानरहरु सजाउने र गेट बनाउने गरी प्रचार प्रसारलाई ब्यापक बनाइएको प्रचार प्रसार उपसमितिका उप संयोजक सन्दिप गुप्ताले जानकारी दिनुभएको छ । साथै महोत्सव स्थल गैडहवाताल परिसर सफाई गर्ने र आर्कषण गराउन गैडहवा ताललाई सजाउने कार्यलाई तिब्रता दिइएको गैडहवा सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष यम प्रसाद अधिकारीले बताउनु भएको छ। समूहका अध्यक्ष अधिकारीले प्रथम गैडहवा ताल महोत्सवलाई प्रथम मात्र नभएर ऐतिहासिक बनाउन गैडहवावासी सक्रिय भइ लागिरहेको बताउनु भएको छ ।
१०० स्टल रहने ताल महोत्सवमा विज्ञान– प्रविधि,कृषि र स्वदेशी तथा स्थानिय उत्पादनलाई महोत्सवमा राखिने र भारतको चर्चित भारतीय कलाकार रितेश पाण्डेय, पवन सिंह, राजा भोजपुरिया लगायत राष्ट्रिय कलाकारले समेत सांस्कृतिक कार्यक्रम प्रस्तुती हुने आयोजकले बताएको छ भने । महोत्सवमा १ लाख दर्शक भित्र्याई रु. १ करोड बराबरको कारोवार हुने लक्ष्य सहितको तयारी गरिएको आयोजकले बताएकोछ । महोत्सव उद्धघाटन दिन गैडहवातालको प्रचार प्रसारको लागि बिभिन्न संघ संस्था,बिधालय,आमा समूह,क्लव तथा टोल बिकास संस्थाहरुबाट बिबिध सांस्कृतिक झांकी सहित ¥याली गरि महोत्सवलाई भब्य रुपमा उद्धघाटन गरिने गैडहवा गाउपालिका वार्ड नं. ४ का वडा अध्यक्ष सुरेन्द्र कुर्मीले बताउनु भएको छ ।

≪ Previous Post

स्थापना दिवसको अवसरमा रक्तदान

Next Post ≫

स्थापना दिवसको अवसरमा रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क