बुटवल, २९ माघ
लक्ष्मीनगर विकास केन्द्र र रुपान्त्रण बचत तथा सहकारीको संयुक्त आयोजनामा रक्तदान गरिएको छ । बार्षिक कार्यक्रम अन्तरगत आयोजना गरिएको रक्तदान कार्यक्रममा २५ जनाले रगत दान गर्नु भएको कार्यक्रम संयोजक खेमबहादुर थापाले जानकारी गराउनु भएको छ । लक्ष्मीनगर विकास केन्द्रको १४ औं र रुपान्त्रण सहकारीको ८ औं स्थापना दिवसको अवसरमा बुधबार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । विकास केन्द्र र सहकारीले वार्षिक रुपमा रक्तदान कार्यक्रम गर्ने गरिएको विकास केन्द्रका कार्यवहाक अध्यक्ष गोकर्णप्रसाद ज्ञवालीलले बताउनु भयो । रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रमको अध्यक्षता गोकर्णप्रसाद ज्ञवालीले गर्नुभएको थियो ।