Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बुटवल हुने अनेमसंघको राष्ट्रिय सम्मेलनको तयारी
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल हुने अनेमसंघको राष्ट्रिय सम्मेलनको तयारी

संसारपोस्ट संवाददाता · २९ माघ २०७६ · 0
बुटवल हुने अनेमसंघको राष्ट्रिय सम्मेलनको तयारी
60
SHARES
ShareTweet


बुटवल, २९ माघ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघको ७ औँ राष्ट्रिय सम्मेलन अगामी फागुन २ र ३ गते बुटवलमा हुन गैरहेको छ । यतिबेला संघमा आवद्ध महिलाहरु राष्ट्रिय सम्मेलनको तयारीमा जुटेका छन् । अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष मिना पुनले सम्मेलनको तयारी पुरा भएको जानकारी दिनुभयो ।
सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीले गर्ने जनाइएको छ ।
सम्मेलनमा ७ प्रदेशबाट करिव ४ सय प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहने अध्यक्ष पुनले बताउनु भयो । सम्मेलनको लागि महिलाको समान अधिकार र राष्ट्रियताको रक्षाको लागि हाम्रो आन्दोलन, महिला हिंसा विरूद्ध ७ औं राष्ट्रिय सम्मेलन’ भन्ने नारा तय गरिएको छ । राष्ट्रिय सम्मेलनले संघको नयाँ नेतृत्व समेत चयन गर्ने छ । राष्ट्रिय सम्मेलन अगाडी सबै जिल्लाहरुमा भेला तथा सम्मेलन सम्पन्न गरिएको संघले जनाएको छ ।
सम्मेलनबाट राजनीतिक, आर्थिक प्रतिवेदन प्रस्तुत गरिने र त्यसमा समुहगत छलफल गरिने जनाइएको छ । अध्यक्ष पुनका अनुसार राष्ट्रिय सम्मेलनबाटै महिला हिंसा विरुद्वको प्रतिवेदन पारित गरि चैत्र महिनादेखि अभियान सुरु गरिनेछ । सातौं राष्ट्रिय सम्मेलने महिला हिंसा विरुद्ध ठोस कार्यक्रम बनाउनुका साथै राष्ट्रियता, सीमा अतिक्रमण, एमसीसी लगायतका विषयमा प्रस्ताव पारित गर्ने अध्यक्ष पुनले जानकारी दिनुभयो ।
अखिल नेपाल महिला संघले आफ्नो स्थापना कालदेखि नै महिलामाथि भइरहेका सबै प्रकारका विभेदको अन्त र महिलाहरूलाई आर्थिक, राजनीतिक, सामाजिक लगायतका हरेक क्षेत्रमा पुरुष सरह समान अधिकारको पक्षमा निरन्तर संघर्ष गर्दै आइरहेको छ । संघकी अध्यक्ष पुनले छोरीलाई छोरा सरह सम्पत्तिमा समान अधिकारको लागि ३ दशकभन्दा लामो समय संघर्ष गर्दै आएको दावी गर्नुभयो ।
२०४५ सालमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले पारित घोषणा पत्रमा छोरीलाई सम्पत्तिमा समान अधिकार हुनु पर्दछ भन्ने माग समावेश गरेको भन्दै रोजगारमा समानता र समान कामको समान ज्याला, मातृत्व र प्रजनन् अधिकार, स्वास्थ्य र शिक्षामा समान हक, महिला बेचविखनको अन्त्य, घरेलु हिंसा लगायत महिला विरूद्धका सबैखाले हत्या र हिंसाको अन्त्य, राज्य सञ्चालनका सबै तहमा महिलाहरूको समान सहभागिताको माग आज पनि पुरा नभएको संघका महासचिव सरस्वती पौडेल बताउनुहुन्छ ।
महासचिव पौडेल महिलाका यिनै आधारभूत मागका विषयमा आम महिलाहरूलाई जागरूक, सचेत, संगठित गर्न र राज्यलाई महिलाका यी मागहरूको पक्षमा कानुन बनाउन दबाब दिने कार्यक्रम राष्ट्रिय सम्मेलनले तय गर्ने बताउनु भयो ।

≪ Previous Post

स्थापना दिवसको अवसरमा रक्तदान

Next Post ≫

प्रदेश स्थापना दिवसमा तीन दिवशीय कार्यक्रम गरिने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क