Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ मेलामा जारी फूटवलमा नेपथ्य,राममणि, पामिर र मेघा कलेज सेमिफाइलनमा
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मेलामा जारी फूटवलमा नेपथ्य,राममणि, पामिर र मेघा कलेज सेमिफाइलनमा

संसारपोस्ट संवाददाता · १९ माघ २०७६ · 0
मेलामा जारी फूटवलमा नेपथ्य,राममणि, पामिर र मेघा कलेज सेमिफाइलनमा
90
SHARES
ShareTweet

‘


मणिग्राम, १९ माघ
रुपन्देहीको मणिग्राममा भएको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सवमा सञ्चालन गरिएको फूटवल प्रतियोगिता अन्तर्गत आइतबारका खेलमा नेपथ्य कलेज, राममणि क्याम्पस, पामिर स्कूल र मेघा कलेज विजयी भएका छन् ।
नेपथ्य र सगरमाथा कलेज विच भएको खेल १–१ को बराबरीमा सकिए पछि खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा नेपथ्यले सगरमाथालाई २ का विरुद्ध ३ गोल गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । शान्ति नमुना मावि र राममणि क्याम्पस विच भएको खेलमा राममणिले शान्ति नमुनालाई १ का विरुद्ध २ गोल गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।
पामिर स्कूल र एक्सिस कलेज वीच भएको खेल गोल रहित बराबरीमा सकिए पछि खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा पामिरले एक्सिसलाई शुन्यका विरुद्ध १ गोल गर्दै सेमि फाइनलमा प्रबेश गरेको छ ।
आईतवारको अन्तिम खेल स्मृति बोर्डिङ्ग स्कूल र वेष्टर्न मेघा कलेज विच भएको खेल पनि ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा स्मृतिलाई २ का विरुद्ध ३ गोल गर्दै वेष्टर्न मेघा कलेज सेमिफाइनलमा प्रबेश गरेको खेलकुद समितिका संयोजक एबं तिलोत्तमा उद्योग वाणिज्य संघका सदस्य अमनमान श्रेष्ठले बताउनुभयो ।
जानकीनगर क्लवको व्यबस्थापनमा भएको प्रतियोगिता अन्तरगत भोली सोमबार सेमिफाइनलका खेल हुनेछन् क्लवका अध्यक्ष दिनेश गैरेले वताउनु भयो ।
२१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा रुपन्देही जिल्लाका बिद्यालय तथा कलेजगरी २५ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा विजयी टिमलाई ३० हजार तथा उपविजेता टिमलाई १५ हजार रुपैंया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक तिलोत्तमा उद्योग बाणिज्य संघका कोषाध्यक्ष सुरज पंगेनीले जानकारी गराउनु भयो । सोमवार नै आयोजक र तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधीका बीच मैत्री पुर्ण खेल पनि हुने छ ।

≪ Previous Post

‘तिलोत्तमा लोक तारा’को उपाधि लालमायालाई, नृत्यमा न्यू लाईट प्रथम

Next Post ≫

बुटवलमा जारी क्यान मेलामा दर्शक ओइरिए,ओभरनाइट ह्याकाथुन शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क