Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ‘तिलोत्तमा लोक तारा’को उपाधि लालमायालाई, नृत्यमा न्यू लाईट प्रथम
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

‘तिलोत्तमा लोक तारा’को उपाधि लालमायालाई, नृत्यमा न्यू लाईट प्रथम

संसारपोस्ट संवाददाता · १९ माघ २०७६ · 0
‘तिलोत्तमा लोक तारा’को उपाधि लालमायालाई, नृत्यमा न्यू लाईट प्रथम
90
SHARES
ShareTweet

बुटवल १९ पुस
तिलोत्तमाको मणिग्राममा सञ्चालित औद्योगिक ब्यापार मेलामा सञ्चालन गरिएको ‘तिलोत्तमा लोक तारा’को उपाधि बाग्लुङ्गकी लालमाया थापा पुनले हात पारेकी छन् । बाग्लुङ्ग स्थायी घर भै हाल बुटवल उपमहानगरपालिकामा बस्दै आएकी लालमायाले आईतबार भएको ग्राण्ड फिनालेमा २१ जना प्रतिष्प्रधिहरुलाई पछाडी पार्दै ‘तिलोत्तमा लोक तारा’को उपाधि हात पारेकी हुन् ।
तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा यहि माघ १० गतेदेखि तिलोत्तमाको मणिग्राममा सञ्चालन गरिएको तिलोत्तमा लोक ताराको उपाधिकालागि अडिसन राउण्डमा २१ जनाले प्रतिस्पर्धा गरेका थिए । २१ जनाबाट छनौट भई टप टेनमा परेका प्रतिष्प्रधिहरुले मेलामा तिलोत्तमा लोक ताराका लागि प्रतिष्प्रधा गरेका थिए । २०६४ साल देखि गीत संगितमा प्रवेश गरेकी ३३ वर्षीय लालमायाले सानैदेखि गीत गाउने, गीत सिर्जना र भ्रमणमा रुचि राख्ने गरेको बताउछिन् ।
बुबा खडकबहादुर र आमा धनमाया पुनकी छोरी लालमायाको परिवारमा श्रीमान, एक छोरा र दुई छोरी छन् । एक्सपर्ट एजुकेशन भिसा सर्भिसेज प्रालिले प्रायोजन गरेको तिलोत्तमा लोक ताराको उपाधी संगै लालमायाले ४१ हजार नगद, शिल्ड र प्रमाण पत्र प्राप्त गरेकी छन् ।
आईतबार भएको ग्राण्ड फिनालेमा गोर्खा बारपाक सुलीकोट गाउँपालिका –७ का निश्चल गुरुङ्ग द्वितीय भएका छन् । बुवा बिरे गुरुङ्ग र आमा सुकमाया गुरुङ्गका छोरा २१ वर्षीय निश्चल २०६९ सालदेखि गीत संगितमा प्रवेश गरेका हन् भने नयाँ ठाउंको भ्रमण गर्न र गीत संगितप्रति रुची राख्छन् । उनी गुल्मी लोक तारा २ को फष्ट रनर अप भएका थिए । प्लस टु अध्ययन गरेका उनले २५ हजार नगद, शिल्ड र प्रमाण पत्र प्राप्त गरेका छन् ।
तिलोत्तमा लोक तारा को प्रतिस्पर्धामा उत्रिएकी स्याङ्गजा कालीगण्डकी –१ कारीकोटकी पुष्पा राना तृतीय भएकी छन् । गाउने, नाच्ने, गीत सुन्ने र पुजा पाठमा रुची राख्ने २६ बर्षिय पुष्पाले एसएलसी सम्मको अध्ययन गरेकी छन् । पुष्पाले १५ हजार नगद संगै शिल्ड र प्रमाण पत्र प्राप्त गरकी छन् ।
उनीहरुलाई तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष एबं मेला कार्य सम्पादन मुल समितिका संयोजक गुणनिधि भण्डारी (माधव), वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, उपाध्यक्ष हरिलाल पाण्डे, महासचिव कमल कँडेल, कोषाध्यक्ष सुरज पंगेनी, सचिव विष्णु भण्डारी, एक्सपर्ट एजुकेशनका रोशन कँडेलले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभएको थियो ।
राज केसी र सुमन श्रेष्ठले संचालन गरेको तिलोत्तमा लोक ताराको निर्णायकमा डिल्लीनारायण पाण्डे र ओम ज्ञवाली रहनु भएको थियो ।
मेलामा आईतवार नै आयोजना गरिएको विद्यालय स्तरीय नृत्य प्रतियोगितामा न्यू लाईट कलेज प्रथम भएको छ । तिलोत्तमा नगर क्षेत्रका १३ वटा विद्यालयका विद्यार्थीहरुले प्रतिष्प्रधा गरेको नृत्य प्रतियोगितामा न्यू लाईट प्रथम भएको हो ।
प्रतियोगितामा एपेक्स स्कूल द्धितीय, कुवँरवर्ती वोर्डिङ्ग स्कूल तृतिय र लिटिल स्टार वोर्डिङ्ग स्कूल सान्त्वना भएका छन् । नृत्य प्रतियोगितामा प्रथम, द्धितीय, तृतिय र सान्त्वना हुने विद्यालयलाई क्रमश ः नगद रु १५, १०, ७ र ४ हजार, शिल्ड र प्रमाण पत्र प्रदान गरिएको सांस्कृतिक संयोजक धनबहादुर गुरुङ्गले जानकारी दिनुभयो ।
विजयी विद्यालय र विद्यार्थीहरुलाई मेलाका संयोजक एबं तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव), वाणिज्य उपाध्यक्ष हरिलाल पाण्डेले पुरस्कार प्रदान गर्नुभएको थियो ।
आईतवार सांस्कृतिक कार्यक्रम तर्फ प्रकाश सपुत, प्रिया भण्डारी, विन्दा परियारको गीत तथा नृत्य तथा भोजपुरी गीत नृत्य प्रस्तुत गरिएको थियो ।
मेलामा सोमवार राष्ट्रिय कलाकारहरु रामजी खाँण, सीर्जु अधिकारी, प्रचण्ड जि सी, घनश्याम रिजाल र डान्सर आकृति नेपालीको प्रस्तुति रहने छ । साँझ दुर्गेश थापा, डीजे पन्चिभोको साथमा नाइट कन्सर्ट हुने छ ।

≪ Previous Post

सिद्धबाबा धाममा दलबहादुर

Next Post ≫

मेलामा जारी फूटवलमा नेपथ्य,राममणि, पामिर र मेघा कलेज सेमिफाइलनमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क