Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा जारी क्यान मेलामा दर्शक ओइरिए,ओभरनाइट ह्याकाथुन शुरु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा जारी क्यान मेलामा दर्शक ओइरिए,ओभरनाइट ह्याकाथुन शुरु

संसारपोस्ट संवाददाता · १९ माघ २०७६ · 0
बुटवलमा जारी क्यान मेलामा दर्शक ओइरिए,ओभरनाइट ह्याकाथुन शुरु
80
SHARES
ShareTweet

बुटवल १९ माघ
बुटवलमा जारी नवौं संस्करणको सूचना प्रविधी मेला (क्यान ईन्फोटक) मा दर्शकको संख्या बढ्दै गएको छ । मेलाको तेश्रँे दिनसम्मगरि करिब ७० हजार दर्शकले मेला अवलोकन गरेको क्यान सचिवालयको दाबि रहेको छ ।
ईन्फोटेकमा आईतवारदेखि ओभरनाईट ह्याकाथुन प्रतियोगिता पनि सुरु गरिएको छ । आइतबार मध्यान्न १२ बजेदेखि सुरु भएको ह्याकाथुन सोमबार मध्यान्न १२ बजे सकिनेछ । उपत्यका बाहिर पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगितामा १६ टिममा करिब ६४ जना आईटीका बिद्यार्थीहरु सहभागि छन् ।
हार्ड कोरिङ् मार्फत सफ्टवेयर एप्लिकेशन बनाउने २४ घण्टे प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार, द्वितीय हुने टिमलाई २० हजार र तृतीय हुने टिमलाई १० हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने क्यान रुपन्देहीका अध्यक्ष तथा मेला आयोजक मुल समिति संयोजक रामुदेव गौतमले जानकारी दिनु भयो ।
मेला अन्तर्गतको आइतबार गरिएको वतृत्वकला प्रतियोगितामा न्यू होराईजन जिबिएसकी समिक्षा न्यौपाने प्रथम भएकी छन् । बिद्यालय स्तरीय प्रतियोगितामा सहभागि ९ बिद्यालयका सहभागिलाई उछिन्दै उनी प्रथम भएकी हुन् ।सूचना प्रविधिको अन्तर्रा्ष्ट्रिय सञ्जाल, भ्रमण वर्ष २०२० नेपाल’ बिषयमा आईतबार भएको प्रतियोगितामा न्यू होराईजन माबिकी समृद्धी ज्ञवाली द्वितीय र सिद्धार्थ माबि शंकरनगरका बासुदेव सुवेदी तृतीय भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका बिद्यार्थीलाई क्रमशः ८ हजार, ५ हजार र ३ हजार रुपैंया जितेका छन् । उनीहरुलाइ मेला समापनको अवसरमा पुरस्कार प्रदान गरिने क्यान रुपन्देहीका कोषाध्यक्ष सुवास घिमिरेले जानकारी दिनु भयो ।प्रतियोगितामा शान्ति नमुना माध्यमिक बिद्यालयकी सृष्टि खराल र दीप बोर्डिङ् बुटवलका क्षितिज श्रेष्ठ सान्त्वना भएको कार्यक्रम संयोजक तथा क्यान रुपन्देहीका कार्यसमिति सदस्य सुदिप ढकालले जानकारी दिनु भयो ।
त्यस्तैगरी शनिबारदेखि सुरु भएको ई–गेम पनि भोली सोमबार सकिने छ भने भोली टिकटक प्रतियोगिता आयोजना गरिएको क्यान महासंघ रुपन्देहीका सहसचिव सुरेश भट्टराइले बताए । बुटवल बहुमुखी क्याम्पसको खेल मैदानमा माघ १७ देखि सुरु भएको सूचना प्रविधि मेला (क्यान ईन्फोटेक) २१ गते सम्म चल्ने क्यान महासंघ रुपन्देहीका सचिव जीवन अधिकारीले बताउनु भयो ।

≪ Previous Post

मेलामा जारी फूटवलमा नेपथ्य,राममणि, पामिर र मेघा कलेज सेमिफाइलनमा

Next Post ≫

मानव जातीको कल्याण गर्ने पद्धती हिन्दुत्व: पूर्व प्रधान सेनापति कटुवाल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क