बुटवल १९ माघ
बुटवलमा जारी नवौं संस्करणको सूचना प्रविधी मेला (क्यान ईन्फोटक) मा दर्शकको संख्या बढ्दै गएको छ । मेलाको तेश्रँे दिनसम्मगरि करिब ७० हजार दर्शकले मेला अवलोकन गरेको क्यान सचिवालयको दाबि रहेको छ ।
ईन्फोटेकमा आईतवारदेखि ओभरनाईट ह्याकाथुन प्रतियोगिता पनि सुरु गरिएको छ । आइतबार मध्यान्न १२ बजेदेखि सुरु भएको ह्याकाथुन सोमबार मध्यान्न १२ बजे सकिनेछ । उपत्यका बाहिर पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगितामा १६ टिममा करिब ६४ जना आईटीका बिद्यार्थीहरु सहभागि छन् ।
हार्ड कोरिङ् मार्फत सफ्टवेयर एप्लिकेशन बनाउने २४ घण्टे प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार, द्वितीय हुने टिमलाई २० हजार र तृतीय हुने टिमलाई १० हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने क्यान रुपन्देहीका अध्यक्ष तथा मेला आयोजक मुल समिति संयोजक रामुदेव गौतमले जानकारी दिनु भयो ।
मेला अन्तर्गतको आइतबार गरिएको वतृत्वकला प्रतियोगितामा न्यू होराईजन जिबिएसकी समिक्षा न्यौपाने प्रथम भएकी छन् । बिद्यालय स्तरीय प्रतियोगितामा सहभागि ९ बिद्यालयका सहभागिलाई उछिन्दै उनी प्रथम भएकी हुन् ।सूचना प्रविधिको अन्तर्रा्ष्ट्रिय सञ्जाल, भ्रमण वर्ष २०२० नेपाल’ बिषयमा आईतबार भएको प्रतियोगितामा न्यू होराईजन माबिकी समृद्धी ज्ञवाली द्वितीय र सिद्धार्थ माबि शंकरनगरका बासुदेव सुवेदी तृतीय भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका बिद्यार्थीलाई क्रमशः ८ हजार, ५ हजार र ३ हजार रुपैंया जितेका छन् । उनीहरुलाइ मेला समापनको अवसरमा पुरस्कार प्रदान गरिने क्यान रुपन्देहीका कोषाध्यक्ष सुवास घिमिरेले जानकारी दिनु भयो ।प्रतियोगितामा शान्ति नमुना माध्यमिक बिद्यालयकी सृष्टि खराल र दीप बोर्डिङ् बुटवलका क्षितिज श्रेष्ठ सान्त्वना भएको कार्यक्रम संयोजक तथा क्यान रुपन्देहीका कार्यसमिति सदस्य सुदिप ढकालले जानकारी दिनु भयो ।
त्यस्तैगरी शनिबारदेखि सुरु भएको ई–गेम पनि भोली सोमबार सकिने छ भने भोली टिकटक प्रतियोगिता आयोजना गरिएको क्यान महासंघ रुपन्देहीका सहसचिव सुरेश भट्टराइले बताए । बुटवल बहुमुखी क्याम्पसको खेल मैदानमा माघ १७ देखि सुरु भएको सूचना प्रविधि मेला (क्यान ईन्फोटेक) २१ गते सम्म चल्ने क्यान महासंघ रुपन्देहीका सचिव जीवन अधिकारीले बताउनु भयो ।
