Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ मानव जातीको कल्याण गर्ने पद्धती हिन्दुत्व: पूर्व प्रधान सेनापति कटुवाल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मानव जातीको कल्याण गर्ने पद्धती हिन्दुत्व: पूर्व प्रधान सेनापति कटुवाल

संसारपोस्ट संवाददाता · २० माघ २०७६ · 0
मानव जातीको कल्याण गर्ने पद्धती हिन्दुत्व: पूर्व प्रधान सेनापति कटुवाल
100
SHARES
ShareTweet

बुटवल २० माघ
हिन्दु धर्मको माग गर्दै सोमबार बुटवलमा धार्मिक सभा गरिएको छ । नेपालको संविधानमा धर्म निरपेक्षता उल्लेख गरेर गल्ती भएको भन्दै त्यसका बिरुद्व धार्मिक सभा गरिएको हो । हिन्दु जागरण नेपाल बुटवलको आयोजनामा धार्मिक ¥यालीसहित सभाको आयोजना गरिएको हो ।
सोही सभामा बोल्दै पूर्व प्रधान सेनापति रुक्माङ्गत कटुवालले नेपाल र नेपालीको पहिचानका लागि नेपालमा हिन्दु राज्य आवश्यक परेको बताउनु भयो ।
उहाँले हिन्दु राज्य धर्म नभएको उल्लेख गर्दै सबै नेपालीको संरक्षण र चिनारिका लागि हिन्दु राज्यको माग गरिएको बताउनुभयो । मानव जातीको कल्याण गर्ने पद्धती हिन्दुत्व भएको बताउदै उहाँले सृष्टिमाथी हमला गर्न नहुने जिकिर गर्नु भयो ।
उहांले हिन्दु धर्म र हिन्दु राज्यले सबैको रक्षा तथा संरक्षण गर्ने दावी गर्दै हिन्दु राज्यले नेपालको पहिचानलाई संसारभर चिनाउनका लागि पनि हिन्दु राज्यको विकल्प नभएको बताउनुभयो । हिन्दु राज्यको नेपालको मौलिक पहिचान, संस्कृति र संस्कार भएको उहांको भनाई रहेको थियो । पण्डित भमिकान्त पन्थीले अखण्ड हिन्दु राज्यलाई कायम गर्नुपर्ने बताउंदै धर्म परिवर्तन गरेर हिन्दु धर्ममाथि आक्रमण गरिएको बताउनु भयो । उहांले हिन्दु राज्य कायम गर्नका लागि अब हुने चुनावमा हिन्दु सत्ता स्थापना गनुपर्नेमा जोड दिनुभयो । पण्डित तथा नेपाल ज्ययोतिष परिषद् प्रदेश पांचका संयोजक जनार्दन शर्माले हिन्दु धर्मका बिरुद्व मौलिक धर्म, संस्कृति र संस्कारमाथि भ्रर्म सिर्जना गरिएको बताउनु भयो ।
हिन्दु राज्य कायम गरौं, जातीय छुवाछुतको अन्त्य गरौं, धर्म परिवर्तन बन्द गर, भ्रष्टाचारको अन्त्य गरौं, एमसीसी चाहिदैन जस्ता विभिन्न नारासहित बुटवलमा धार्मिक ¥याली निकालिएको थियो ।उमा ढकालको अध्यक्षता,नारायण कोइरालाको सञ्चालन र गोविन्द शर्माको स्वागतमा कार्यक्रम भएको थियो । हिन्दु जागरण नेपाल बुटवलको आयोजनामा बुटवलको नयां गाउंमा सञ्चालित त्रिदिवशीय धार्मिक प्रशिक्षण कार्यक्रम सोमबार समापन गरिएको छ ।

≪ Previous Post

बुटवलमा जारी क्यान मेलामा दर्शक ओइरिए,ओभरनाइट ह्याकाथुन शुरु

Next Post ≫

प्रदेश टृाफिक प्रहरीद्धारा दुर्घटना न्युनिकरणका लागि ढुवानीका साधनमा टाईम कार्ड लागु ,बजारमा २० वाहिर ३० को गति कायम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क