Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रदेश टृाफिक प्रहरीद्धारा दुर्घटना न्युनिकरणका लागि ढुवानीका साधनमा टाईम कार्ड लागु ,बजारमा २० वाहिर ३० को गति कायम
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश टृाफिक प्रहरीद्धारा दुर्घटना न्युनिकरणका लागि ढुवानीका साधनमा टाईम कार्ड लागु ,बजारमा २० वाहिर ३० को गति कायम

संसारपोस्ट संवाददाता · २० माघ २०७६ · 0
प्रदेश टृाफिक प्रहरीद्धारा दुर्घटना न्युनिकरणका लागि ढुवानीका साधनमा टाईम कार्ड लागु ,बजारमा २० वाहिर ३० को गति कायम
180
SHARES
ShareTweet


बुटवल २० माघ
पाँच नम्बर प्रदेश टृाफिक प्रहरी कार्यालय बुटवलले दुर्घटना न्युनिकरणका लागि ढुवानीका साधनमा टाईम कार्ड लागु गरेको छ ।
विशेष गरि ढुवानीका साधनमा पनि टिृपरलाई लक्षीत गरि टाईम कार्ड लागु गरेको कार्यालयले जनाएको छ ।
टिृपरको बढी स्पिडका कारण दुर्घटना हुने गरेको तथ्याकले देखाएपछि टृाफिक प्रहरीले गति नियन्त्रण गर्नका लागी टाईक कार्ड लागु गरिएको पाँच नम्बर प्रदेश टृाफिक प्रहरी कार्यालय बुटवललका प्रमुख प्रहरी उपरिक्षक मधुसुदन लुईटेलले बताउनु भयो ।
पाल्पा जिल्लामामात्र दुई साता अघि लागु गरिएको उक्त व्यवस्था रुपन्देही र पाल्पामा शुक्रवारदेखि लागु गरिएको टाईम कार्ड हाल लाई पाल्पाको हारथोक दखि दोभान सम्मको ४६ किलोमिट सडकमा २ घण्टा ३० मिनेट, पाल्पाको दोभान देखि रुपन्देहीको भैरहवा अंचलपुरसम्मको २८ किलोमिटर सडकमा ५६ मिनेट र दोभान देखि बुटवलको रामनगरसम्मको ११ किलोमिटरमा ३३ मिनेट भित्रमा पुग्नु पर्ने गरि प्रहरीले टाईम तोकेर ढुवानीका सवारी साधन संचालनको व्यवस्था मिलाएको छ ।
टृाफिक प्रहरीले लागु गरेको टाईम काडको उल्लघन गर्ने सवारी साधनलाई टृाफिक नियम अनुसार जरिवाना तिराईने र लगाता २ पटक भन्दा बढी नियम उल्लघन गरेमा ३ दिन सम्म नियन्त्रणमा राखेर जरिवाना तिराउने गरि व्यवस्था मिलाईएको प्रहरी उपरिक्षक लुईटेलले बताउनु भयो ।
पाल्पाको हारथोकवाट जारी गरिएको टाईम कार्डको दोभानमा अनुगमन तथा दोभाननवाट जारी गरिएको टाईम काडको रुपन्देहीको अंचलपुर र रामनगरमा अनुगमन गर्ने गरि व्यवस्था मिलाईएको पाँच नम्बर प्रदेश टृाफिक प्रहरी कार्यालय बुटवलका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक राम प्रकाश शाहले बताउनु भयो ।
यो अभियान संचालनका लागि चालक र सहचालकलाई अन्द स्र्पोटमा नै गति नियन्त्रण, दुर्घटना, सवारीको लेन टृाफिक नियम र टाईम कार्डका वारेमा प्रशिक्षण समेत गराउने गरेको प्रनाउ शाहले बताउनु भयो ।
त्यसै गरि टृाफिक प्रहरीले बढी दुर्घटना हुने स्थलका रुपमा बुटवलको जितगढी , सिद्धवावा मँन्दीर नजिकै र धागो कारखाना अगाडी टृाफिक सचेतना सम्बन्धी नारा लेखिएको होर्डिगं वोड समेत राखेको जनाएको छ । टाईम काड लागुभएसंगै वजार क्षेत्रमा २० र वजार बाहिर ३० को स्पिडमा सवारी चलाउनु पर्ने भएको छ । टृाफिक प्रहरीले संचालन गरेको टाईम कार्ड लागु भएपछि वजार क्षेत्रमा घुइकिने टिृपरको गति नियन्त्रण भएको छ । प्रहरीले यस अभियानलाई शहरी क्षेत्र र बढी टिृपर संचालन हुने एरियामा क्रमिक रुपमा लागु गदै जाने र दुर्घटना घटे नघटेको अनुगमन गरि सार्वजनिक समेत गर्ने जनाएको छ ।

≪ Previous Post

मानव जातीको कल्याण गर्ने पद्धती हिन्दुत्व: पूर्व प्रधान सेनापति कटुवाल

Next Post ≫

मेलामा जारी फूटवलमा नेपथ्य, र राममणि फाईनलमा भिडने,

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क