Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ पुरुषतर्फ नेपाली सेनाका रिमाल र महिलामा कान्छिमाया भिक्ट्री म्याराथुन एण्ड युनिटि रनमा प्रथम
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पुरुषतर्फ नेपाली सेनाका रिमाल र महिलामा कान्छिमाया भिक्ट्री म्याराथुन एण्ड युनिटि रनमा प्रथम

संसारपोस्ट संवाददाता · २६ पुष २०७६ · 0
पुरुषतर्फ नेपाली सेनाका  रिमाल र महिलामा कान्छिमाया भिक्ट्री म्याराथुन एण्ड युनिटि रनमा प्रथम
140
SHARES
ShareTweet

बुटवल २६ पुस
नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलले गरेको भिक्ट्री म्याराथुन एण्ड युनिटि रन प्रतियोगीताको फुल म्याराथुनमा नेपाली सेनाका हरिकुमार रिमाल प्रथम हुनु भएको थियो । फुल म्याराथनको ४२ किलोमिटर दुरी रिमालले २ घण्टा ३१ मिनेट २ सेकेन्डमा पुरा गर्दे प्रथम पुरस्कार जितेका हुन । प्रतियोगीतमा सेनाकै राजन रोकाय द्धितिय भएका छन । उहाँले २ घण्टा ३२ मिनेट २८ सेकेन्डमा दुरी पार गर्नु भएको थियो । सेनाकै कल्याण बाँनियाले २ घण्टा ३७ मिनेट ४ सकेन्डमा दुरी पार गर्दै तेश्रो हुनु भएको छ । महिला तर्फको फुल म्याराथनको उपाधी कान्छिमाया कोजुले जितनु भएको छ । उहाँले २ घण्टा ५६ मिनेट ५१ सकेन्ड ३४ पल्समा सो दुरी पार गर्नु भएको हो । महिलातर्फ द्धितिय नेपाली सेनाकी सरिता वासी हुनु भयो । उहाँले ३ घण्टा १२ मिनेट ५७ सकेन्ड ५५ पल्समा दुरी पार गर्नु भएको छ । तृतिय स्थान एपिएफ की कृष्ण खरी सिन्तकलाले हासील गर्नु भयो । उहाँले ३ घण्टा ३२ मिनेट १६ सकेन्ड ५२ पल्समा दुरी पार गर्दै तेश्रो स्थान हासिल गर्नु भएको हो ।
बिजयी धावकहरुलाइ नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले एक सामारोहका बिच पुरस्कार प्रदान गर्नु भयो । फुल म्याराथनमा प्रथम हुनेले १ लाख नगद सहित प्रमाणपत्र, द्धितीयलाइ ५० हजार नगद सहित प्रमाणपत्र र तृतीयहुनेले २५ हजार नगद सहित प्रमाणपत्र पुरस्कार प्रदान गरीएको हो ।
प्रतियोगीताको हाफ म्याराथुन २१ किलोमिटरमा पुरुष तर्फ नेपाली सेनाका गजेन्द्र राइ प्रथम हुनु भयो । उहाँले १ घण्टा १२ मिनेट २१ सेकेन्ड ५६ पल्समा २१ किलोमिटरको दुरी पार गर्नु भएको हो । द्धितिय भएका नेपाल सेनाकै रामजी बस्नेतले १ घण्टा १३ मिनेट ९ सकेन्ड,६१ पल्समा दुरी पार गरेकाहुन । तेश्रो पनि सेनाकै मिलन कार्की हुनु भयो । उहाँले १ घण्टा १४ मिनेट,१५ सकेन्ड ७६ पल्समा दुरी पार गर्दे तेश्रो हुनु भएको हो ।
हाफ म्याराथनको महिला तर्फ नेपाली सेनाकै विश्वरुपा बुढा प्रथम हुनु भयो । बुढाले १ घण्टा २६ मिनेट ३३ सकेन्ड १४ पल्समा दुरी पार गर्दै प्रथम हुनु भएको हो । द्धितिय सेनाकै पुर्णलक्ष्मी न्यौपाने हुनु भयो । उहाँले १ घण्टा ३० मिनेट २५ पल्समा दुरी पार गर्दे दोश्रो हुन सफल हुनु भयो । तेश्रो नेपाल प्रहरीकी रेखा बिष्ट हुनु भयो । बिष्टले १ घण्टा ३५ मिनेट ३५ सकेन्ड ४४ पल्समा दुरी पार गर्दै तेश्रो स्थान हासील गर्नु भएको हो ।
हाफ म्याराथनमा प्रथम हुनेलाइ ५० हजार,द्धितियले २४ हजार र तृतीय हुनेले १५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको होे ।
त्यस्तै १० किलोमिटरमा पुरुष तर्फ नेपाली सेनाका शिव रायमाझीले ३३ मिनेट १५ सेकेन्डमा पुरा गर्दै प्रथम हुनु भएको छ ।
सेनाकै श्रीकास राइ दोश्रो हुनु भयो ।
उहाँले ३३ मिनेट २५ सकेन्डमा दुरी पार गर्दै दोश्रो भएका हुन । सेनाकै गणेस सिंह ठकुरी तृर्तीय हुनु भयो । उहाँले पनि ३३ मिनेट ४४ सकेन्डमा दुरी पार गरेका थिए ।
१० किलोमिटरमा महिला तर्फ नेपाली सेनाकी सानुमाया कार्की प्रथम हुनु भयो । कार्कीले उक्त दुरी ४० मिनेट २२ सकेन्डमा पुरा गर्नु भयो । सेनाकै सिता सेनले ४३ मिनेट ५३ सकेन्डमा दुरी पार गर्दे दोश्रो हुनु भयो । सेनाकै सिता चौधरी तृतीय हुनु भयो । उहाँले ४४ मिनेट ३६ सकेन्डमा १० किलोमिटरको दुरी पार गर्दै तेश्रो पुरस्कार जितेकी हुन । १० किलोमिटमा प्रथम हुनेले १५ हजार,द्धितीयले १० हजार,तृतीयले ५ हजार नगद सहित प्रमाणपत्र पुरस्कार प्राप्त गरका हुन ।
प्रतियोगितामा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले पुरस्कार प्रदान गदै देशको सिमाना कही कतै कसैले मिच्न खोजे त्यसको डटेर प्रतिवाद गर्ने बताउनु भयो ।
नेपाली सेनाको आयोजनामा आज बुटवलमा सम्पन्न भिक्ट्री म्याराथन एण्ड युनिटि रन प्रतियोगीताका बिजयी धावकहरुलाइ पुरस्कार बितरण गर्दै रक्षा मन्त्री पोखरेलले ऐतिहासिक तथ्य प्रमाणका आधारमा देशको सिमा रक्षा गर्न सम्पुर्ण नेपालीहरु एकताबद्ध रहेको बताउनु भयो । राष्ट्रिय एकताकाको अभियानकालागि बर्तमान सरकार व्यवस्थित योजनाका साथ अगाडी बढीरहेको उहाँले बताउनु भयो ।
‘राष्ट्रियता स्वाभिमान, स्वतन्त्रता र अखण्डताको रक्षाकालागि सम्पुर्ण नेपालीहरुलाइ एकताबद्ध गराएर अगाडी बढ्न चाहान्छौ’ रक्षा मन्त्री पोखरेलले भन्नु भयो । देशको स्वाभिमान र सिमा रक्षाकालागि जसरी बीर पुर्खाहरुले बलिदानी दिए त्यसैगरी राष्ट्र र राष्ट्रियताको रक्षाकालागि अहिले पनि हरेक नेपालीहरु एकताबद्ध रहेको मन्त्री पोखरेले बताउनु भयो । मुलुकको स्वाभिमान संसार सामु उचो राख्न म मेरो भन्ने भावना त्यागेर सबैले हामी भन्ने भावनाको विकास गर्नु पर्नेमा जोड दिनु भयो ।
ऐतिहासिक गढी तथा किल्लाहरुको महत्वलाइ उजागर गर्दै युवा पुस्तालाइ राष्ट्र र राष्ट्रियता प्रति जिम्मेबार बनाउन यस्ता प्रतियोगीताले महत्वपुर्ण भुमिका खेल्ने भन्दै रक्षा मन्त्री पोखरेलले नेपाली सेनाको मध्यपश्चिम पृतनालाइ धन्यबाद दिनु भयो । ‘हामीहरु राष्ट्रिय गौरबका महत्वपुर्ण कुराहरुलाइ जीवीत राख्न चाहान्छौं । नयाँ पुस्ताहरुलाइ ती ऐतिहासिक प्रसंगहरुबाट शिक्षित र दिक्षित गर्न चाहान्छौं र सोही उद्देस्य अनुरुप यो कार्यक्रम गरीएको हो’ रक्षा मन्त्री पोखरेलले भन्ननु भयो ।
नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलले राष्ट्रिय एकताको सन्देश दिदै ऐतिहासिक जीतगढी किल्लाको प्रबद्र्धन तथा नेपाल भ्रमण बर्ष २०२० को प्रचार गर्ने उद्देस्यले भिक्ट्री म्याराथुन एण्ड युनिटि रन प्रतियोगीताको आयोजना गरेको हो ।
नेपाल र नेपाली सेनाको ईतिहास प्रबद्र्धन गर्न, नेपाली सेनाले अंग्रेज फौजमाथि बिजय प्राप्त गरेको स्थल बुटवलको जितगढी किल्लाको ऐतिहासिक महत्वलाइ उजागर गर्दै प्रचार प्रसार तथा संरक्षण गर्ने उद्देस्यले खुला म्याराथुन दौड गरेको मध्यपश्चिम पृतना बुटवलका पृतनापती सिताराम खडकाले बताउनु भयो । म्याराथन मार्फत भिजीट नेपाल २०२० लाइ सफल बनाउन सन्देश प्रवाह हुने पनि उहाँले बताउनु भयो ।

≪ Previous Post

धौलागिरी सहकारीको साधारण सभा ,सहकारीलाई स्वाबलम्बन, रोजगारी र उत्पादनसंग जोडौं ः प्रमुख सचेतक खाँण

Next Post ≫

नेपाल आयल निगमको ५० औं वार्षिकोत्सव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क