Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ धौलागिरी सहकारीको साधारण सभा ,सहकारीलाई स्वाबलम्बन, रोजगारी र उत्पादनसंग जोडौं ः प्रमुख सचेतक खाँण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

धौलागिरी सहकारीको साधारण सभा ,सहकारीलाई स्वाबलम्बन, रोजगारी र उत्पादनसंग जोडौं ः प्रमुख सचेतक खाँण

संसारपोस्ट संवाददाता · २६ पुष २०७६ · 0
धौलागिरी सहकारीको साधारण सभा ,सहकारीलाई स्वाबलम्बन, रोजगारी र उत्पादनसंग जोडौं ः प्रमुख सचेतक खाँण
140
SHARES
ShareTweet

बुटवल, २६ पुस
नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सहकारीलाई स्वावलम्बन, रोजगारी र उत्पादनसंग जोड्नु पर्नेमा जोड दिनुभएको छ । उहाँले सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै उत्पादनशिल क्षेत्रमा लगानी गर्दा पनि स्वाबलम्बन तथा रोजगारीलाई समेत जोडेर हेर्नुपर्ने बताउनु भयो ।
बुटवलमा सञ्चालित धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार बुटवलमा भएको २० औं साधारण सभामा बोल्दै पूर्वमन्त्री समेत रहनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाँणले अहिले सरकारले सहकारीको मर्जलाई प्राथमिकता दिएपनि संगै नयाँ दर्ता पनि खुल्ला राख्दा परिपार्टी नमिलेकाले सदनमा कुरा उठाउने आश्वासन दिनुभयो । ‘सरकारले सहकारी मर्जलाई प्राथमिकता दिएको छ ।’ उहाँले भन्नुभयो–‘संख्या धेरै भएको हो भने मर्ज गर्नु ठिक छ, तर एकातिर मर्ज गर्दै जाने अर्कोतिर नयाँ दर्ता पनि गर्दै जाने हो भने संख्या घटाउन सकिँदैन ।’ सरकारको काम गराईमा त्यति तालमेल मिलेको देखिएको छैन, हामीले सदनमा कुरा पनि उठाउँला, उहाँले भन्नुभयो ।
सहकारीलाई उत्पादनसंग जोड्नकालागि सरकारले पनि कार्यक्रम बनाउनु पर्ने बताउँदै उहाँले स्वयम सहकारीहरुले पनि कृषि उत्पादनमा सहकारीले लगानी गर्नुपर्ने भनाई राख्नुभयो । सहकारीले कृषि कर्मकालागि किसानलाई अभिप्रेरित गर्ने र किसानले उत्पादन गरेको उपज सहकारीका शेयर सदस्यहरुले उपयोग गर्ने रणनीति अवलम्बन गर्न उहाँले सुझाव दिनुभयो ।
साधारण सभाले संस्था मर्जरमा जानु पर्ने भएमा आवश्यकता अनुसार व्यबस्था मिलाउनकालागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । त्यस्तै सुत्केरी पौष्टिक आहार वितरण कार्यक्रम लागु गर्ने प्रस्ताव पारित भएको छ । जसमा महिला शेयर सदस्य सुत्केरी भएमा एक किलो हर्लिक्स र एक क्यारेट अण्डा अथवा सोही अनुपातमा घ्यु, मह र फलफूलको व्यबस्था गरिने छ ।
संस्थाले गत आर्थिक वर्षमा आर्जन गरेको नाफाको १०.९८ प्रतिशत (२१ लाख ३९ हजार ६७९ रुपैंया) लाभांस वितरण गर्ने प्रस्ताव पारित भएको छ । उक्त रकम शेयरमा जम्मा हुने संस्थाका अध्यक्ष गोबिन्द खनालले जानकारी गराउनु भयो । त्यस्तै संस्थाका शेयर सदस्यहरुको प्राथमिकत आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरि उत्पादनशिल र आयमुलक क्षेत्रमा सदस्यहरु माझ लगानी बढाउने, कृषि पेशामा आवद्ध सदस्यहरुलाई समयानुकुल उन्नत जातका बीउ बिजन तथा मलखाद उपलब्ध गराउने, व्यबसायिक खेती प्रणाली र सिचाई सम्बन्धि तालिम प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित भएको संस्थाका सचिव देवप्रसाद खनालले जानकारी गराउनु भयो । संस्थामा हाल १ हजार २०४ जना शेयर सदस्य रहेको र चालु आर्थिक वर्षमा १ हजार ६ सय पुर्याउने लक्ष्य लिईएको छ ।
साधारण सभामा संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार हरिप्रसाद पन्त, सल्लाहकार युवराज गिरी, टंकप्रसाद पराजुली, जिल्ला सहकारी संघका उपाध्यक्ष डोलप्रसाद अर्याल, उक्त सहकारीका सिस्टर सोशाईटी सैनामैनाका संयोजक गुरुप्रसाद पराजुली, सिस्टर सोशाईटी बुटवल ४ की संयोजक मीनादेवी घिमिरे, संस्थाका उपाध्यक्ष नारायण अधिकारी लगायतले भनाई राख्नुभएको थियो । त्यस अवसरमा संस्थाका शेयर सदस्यका सन्ततीबाट बिभिन्न शैक्षिक कार्यक्रममा उत्कृष्ट भएकालाई पुरस्कृत गरिएको थियो भने अवकास लिएका कर्मचारीलाई सम्मान गरिएको थियो ।

≪ Previous Post

बुटवलमा ४२ किलोमिटरको खुल्ला जीतगढी म्याराथुन शुरु ,रक्षामन्त्री पोखरेलद्धारा शुभारम्भ

Next Post ≫

पुरुषतर्फ नेपाली सेनाका रिमाल र महिलामा कान्छिमाया भिक्ट्री म्याराथुन एण्ड युनिटि रनमा प्रथम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क