Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा ४२ किलोमिटरको खुल्ला जीतगढी म्याराथुन शुरु ,रक्षामन्त्री पोखरेलद्धारा शुभारम्भ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा ४२ किलोमिटरको खुल्ला जीतगढी म्याराथुन शुरु ,रक्षामन्त्री पोखरेलद्धारा शुभारम्भ

संसारपोस्ट संवाददाता · २६ पुष २०७६ · 0
बुटवलमा ४२ किलोमिटरको खुल्ला जीतगढी म्याराथुन शुरु ,रक्षामन्त्री पोखरेलद्धारा शुभारम्भ
100
SHARES
ShareTweet


यमलाल भुसाल
बुटवल, २६ पुस
नेपाली सेनाको आयोजनामा शनिबार बुटवलमा खुल्ला जीतगढी म्याराथुन प्रतियोगिता शुरु भएकोे छ । म्याराथुनको उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले एक समारोहका बीच शुभारम्भ गर्नु भयो । सो अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेशका अन्य मन्त्री ,मध्य पश्चिम पृतनाका पृतनापति सिताराम खड्का, लगाएका हजारौको कार्यक्रममा सहभागिता रहेको छ ।
राष्ट्रिय एकता दिवसको अवसर पारेर नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलले ऐतिहासिक जीतगढी किल्लाको प्रवद्र्धन र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर खुल्ला म्याराथुन प्रतियोगिता आयोजना गरेको होे ।
नेपाल र नेपाली सेनाको ईतिहास प्रवद्र्धन गर्न, नेपाली सेनाले अंग्रेजी फौजमाथी विजय प्राप्त गरेको स्थल जीतगढी किल्लाको ऐतिहासिक महत्वलाई उजागर गर्न र त्यसको प्रचार प्रसार एवं संरक्षणकालागि मध्यपश्चिम पृतनाले ‘भिक्टोरी म्याराथुन र युनिटी रन’ जीतगढी म्याराथुन प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा ३ हजार ५ सयको सहभागिता रहेको छ । फूल म्याराथुन ४२ किलोमिटर, हाफ म्याराथुन २१ किलोमिटर, १० किलो मिटर र ५ किलोमिटर (वाक) हुने उक्त प्रतियोगिताकालागि जनप्रतिनिधी ,बिद्यार्थी, बैंकर, कर्मचारी, नेपाली सेना तथा नेपाल प्रहरी र ससस्त्र प्रहरी लगायतको सहभागिता रहेको छ ।
बुटवलको बुटवल बहुमुखी क्याम्पसदेखि सुरु भएकोे फूल म्याराथुन (४२ किलोमिटर) कालागि भैरहवाको देवकोटा चोक हुँदै पुन बुटवलको जीतगढी किल्लासम्मको रुट निर्धारण गरिएको छ । त्यसकालागि सिद्धार्थ राजमार्गको बुटवल भैरहवा सडकमा एक तर्फ मात्रै यातायात सञ्चालनको व्यबस्था मिलाईएको उहाँले जानकारी दिनुभयो । प्रतियोगिताकालागि निर्धारण गरिएका ४ वटै बिधाका प्रतिस्पर्धा बुटवल बहुमुखी क्याम्पसबाट सुरु भई जीतगढी किल्लामा पुगेर सकिनेछन् ।
प्रतियोगितामा महिला र पुरुषलाई चारै बिधामा अलग अलग प्रतिस्पर्धा गराईएको छ । छुट्टा छुट्टै हुने प्रतिस्पर्धाका लागि पुरस्कार राशी पनि समान राखिएको छ । जीतगढी म्याराथुन प्रतियोगितामा फूल म्याराथुन (४२ किलोमिटर) प्रतिस्पर्धामा प्रथम हुनेलाई १ लाख रुपैंया, द्वितीय हुनेलाई ५० हजार रुपैंया र तृतीय हुनेलाई २५ हजार रुपैंया नगद सहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तैगरी हाफ म्याराथुन २१ किलोमिटरमा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई २५ हजार र तृतीय हुनेलाई १५ हजार रुपैंया तथा १० किलोमिटरमा प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार रुपैंया नगद सहित पुरस्कार र प्रमाणपत्र पाउने छन ।
प्रतियोगिता पश्चात नेपाली सेनाले जीतगढी किल्लामा ऐतिहासिक सरायँ नाच तथा खुकुरी नाच प्रस्तुत गर्ने तयारी गरेको छ भने बिभिन्न बिद्यालयहरुले समेत सांस्कृतिक नृत्य प्रस्तुत गरिरहेका छन् ।

≪ Previous Post

संयुक्त पूर्व सैनिक कल्याणकारी संस्थामा नयाँ नेतृत्व चयन

Next Post ≫

धौलागिरी सहकारीको साधारण सभा ,सहकारीलाई स्वाबलम्बन, रोजगारी र उत्पादनसंग जोडौं ः प्रमुख सचेतक खाँण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क