बुटवल, २५ पुस । संयुक्त पूर्व सैनिक कल्याणकारी संस्था रुपन्देहीको आज बुटवल फूलबारीमा भएको सातौं साधारण सभा तथा तेस्रो अबिधेशनले संस्थाको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ ।
अबिधेशन तथा निर्वाचनबाट संस्थाको अध्यक्षमा हनेरी क्याप्टेन किसनबहादुर थापा, बरिष्ठ उपाध्यक्षमा सुबेदार कुलबहादुर केसी, उपाध्यक्षमा सुबेदार खुमबहादुर थापा, महासचिवमा सुबेदार मेजर पुरन शाही, सचिवमा सुबेदार मेजर पदम प्रताप जि सी, कोषाध्यक्षमा हनेरी क्याप्टेन उज्हर सिंह राना, सहसचिवमा नायव सुबेदार थानेश्वर न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ ।


यस्तै संस्थाको सदस्यहरुमा हवल्दार कृष्ण प्रकाश सिग्देल, हनेरी क्याप्टेन दानबहादुर थापा, सुबेदार कृष्ण बहादुर थापा, हवल्दार प्रेमराज ज्ञवाली, हवल्दार चित्र बहादुर कुवंर थापा, सुवेदार तिल बहादुर साहनी, हनेरी क्याप्टेन खेम बहादुर ढकाल क्षेत्री, हनेरी क्याप्टेन कृष्ण बहादुर महत क्षेत्री, सुवेदार महादेव प्रसाद अधिकारी र गुमान सिंह राना चयन हुनुभएको छ ।
यसअघि साधारण सभा तथा अबिधेशनको उदघाटन गर्दै संयुक्त पूर्व सैनिक कल्याणकारी महासंघ नेपालका केन्द्रीय अध्यक्ष कर्णेल धन बहादुर थापाले समग्र भूपूहरुको हकहित र अधिकारका साथै समाजको विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने दायित्व र कर्तब्य भूपूहरुको भएकाले त्यसमा लाग्न सम्पुर्ण भूपूहरुलाई आग्रह गर्नुभयो ।


