Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मासु व्यवसायी संघ रुपन्देहीमा पुनः पौडेल
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मासु व्यवसायी संघ रुपन्देहीमा पुनः पौडेल

संसारपोस्ट संवाददाता · २५ पुष २०७६ · 0
मासु व्यवसायी संघ रुपन्देहीमा पुनः पौडेल
60
SHARES
ShareTweet


बुटवल, २५ पुस । मासु व्यवसायी संघ नेपाल बुटवल रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ ।
संघको हालै सम्पन्न भएको दशौं साधारणसभा तथा पाचौं अधिवेशनले कृष्णप्रसाद पौडेल अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा मोहन खत्री, उपाध्यक्षमा मसउद आलम, महासचिवमा चुरामणी घिमिरे निर्वाचित हुनुभएको छ । यस्तै कोषाध्यक्षमा नारायण घर्ती, सचिवमा विजय शाही र सह–कोषाध्यक्षमा मिनप्रसाद गैरे निर्वाचित हुनुभएको संघको निर्वाचन समितिले जनाएको छ ।
संघमा अध्यक्ष पौडेल सहित पदाधिकारी र सदस्यहरु सर्वसम्मत भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता यमलाल खनालले जानकारी दिनुभयो । संघको वर्तमान कार्यसमितिमा पनि अध्यक्षमा निर्विरोध हुने अध्यक्ष पौडेलले मासु व्यवसायी संघमा विगत तीन कार्यकाल नेतृत्व गर्दै आउनुभएको हो । उहाँ तीनै कार्यकाल नै सर्वसम्मत हुनुभएको छ ।
संघका निर्वाचित सदस्यहरुमा सुनिता थापा क्षेत्री, रीता चौधरी, ऋषिराम राईभाट, शिवदेव कुवँर, अहमद हुसेन, बाबुराम क्षेत्री, तैयव हुसेन, थानेश्वर सुवेदी र बुद्ध शाही रहनुभएको छ । नवनिर्वाचित अध्यक्षले संघको विधान बमोजिम सदस्यमा दुई जनालाई मनोनित गर्नुभएको छ । जस्मा प्रेम राना र गोपाल क्षेत्री रहनुभएको छ । यो सहित मासु व्यवसायी संघ रुपन्देहीमा पदाधिकारी सहित १८ सदस्यीय कार्यसमिति चयन भएको छ ।
नवनिर्वाचित समितिको एक कार्यक्रमका बीच शुक्रबार पद तथा गोपनियताको सपथग्रहण भएको छ । प्रमुख निर्वाचन अधिकृत अधिबक्ता यमलाल खनालले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथग्रहण गराउनुभएको थियो । सपथ ग्रहण पछि आफ्नो प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष पौडेलले आफ्नो कार्यलमा व्यवसायीलाई संगठित गराउने, नगरपालिका भित्र शाखा विस्तार गर्दै संघलाई प्रदेश स्तरको बनाउने, पशु हाटबजारका लागि पहल गर्ने र बधशाला सञ्चालनका लागि अभियान सञ्चालन गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

≪ Previous Post

शनिवार नेपाली सेनाद्वारा बुटवलमा ४२ किलोमिटरको खुल्ला जीतगढी म्याराथुन प्रतियोगिता

Next Post ≫

संयुक्त पूर्व सैनिक कल्याणकारी संस्थामा नयाँ नेतृत्व चयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क