Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाल आयल निगमको ५० औं वार्षिकोत्सव
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल आयल निगमको ५० औं वार्षिकोत्सव

संसारपोस्ट संवाददाता · २६ पुष २०७६ · 0
नेपाल आयल निगमको ५० औं वार्षिकोत्सव
60
SHARES
ShareTweet

ब्यवसायी, चालक र मजदुरलाई सम्मान, खेलाडी पुरस्कृत



बुटवल, २६ पुस । ‘सहजता, शुद्धता र पारदर्शिता नेपाल आयल निगमको प्रतिवद्धता’ भन्ने मुल नारा र उद्देश्य सहित स्थापना भएको नेपाल आयल निगम लिमिटेडले ५० औं वार्षिकोत्सव (स्वर्ण जयन्ती) विभिन्न कार्यक्रम गरी मनाएको छ ।
निगमले केन्द्र र देशका सात वटै प्रदेशमा रहेका डिपोहरुमा कर्मचारी सम्मान, अतिरिक्त क्रियाकलापलगायतका कार्यक्रम गरेर स्वर्ण जयन्ती मनाएको छ ।
५० औं वार्षिकोत्सव (स्वर्ण जयन्ती) को अवसरमा नेपाल आयल निगम लिमिटेड ५ नम्वर प्रादेशिक कार्यालय भलवारी, रुपन्देहीले पनि डिलर्स ब्यवसायी, टैंकर ब्यवसायी, यातायात मजदुर, टंैकर चालक र ढुवानीकर्ताहरुलाई सम्मान तथा अतिरिक्त क्रियाकलाप संचालन गरेर मनाएको छ ।
स्वर्ण जयन्तीको अवसरमा नेपाल आयल निगम लिमिटेड ५ नम्वर प्रादेशिक कार्यालय भलवारीमा आज आयोजित वार्षिकोत्सव कार्यक्रममा बोल्ने पेट्रोलियम र टैंकर ब्यवसायी तथा चालक र मजदुरहरुले नेपाल आयल निगमकै ईतिहांसमा निगमको भलवारी डिपोबाट ईन्धनको आपुर्ती धेरै सहज र सरल भएको वताए ।


उनीहरुले निगमले यस क्षेत्रका निगमसंग सम्वद्ध ब्यवसायी तथा चालक मजदुरहरुसंग समन्वय गरेका कारण आपुर्ती ब्यवस्थापन सहज हुनुका साथै ब्यवसायीहरुले माग अनुसारको ईन्धन प्राप्त गरेको भन्दै यसमा कमी आउन नदिन निगम नेतृत्वसंग आग्रह गरेका छन् ।
कार्यक्रममा नेपाल आयल निगम ५ नम्वर प्रादेशिक कार्यालय भलवारीका प्रमुख ईन्जिनियर सूरज शाहले आफुले २०७५ साउनमा भलवारी डिपोको नेतृत्व सम्हालेसंगै ईन्धन आपुर्तीमा ब्यवसायीलाई फरक अनुभूति गराउने प्रतिवद्धता अनुरुप केही सहज र सरल ब्यवस्थापन गर्न सफल भएको भन्दै आगामी दिनमा थप परिमार्जन गर्दै जाने बताउनु भयो ।
पछिल्लो समयमा ईन्धनको माग वढेको र डिपोको हालको संरचनाले यस क्षेत्रको मागलाई सम्बोधन गर्न नसक्ने कुरालाई मध्येनजर गर्दै डिपोको भण्डारण क्षमता बृद्धि र आन्तरिक सुधारकालागि पहल भैरहेको भन्दै प्रमुख शाहले यसकालागि निगम निजी क्षेत्रको सहकार्य र समन्वय जरुरी रहेको वताउनु भयो ।


निगमका प्रवन्धक शैलेन्द्र भुसालले ईन्धनको आपुर्ती र यसको ब्यवस्थापन गर्ने कार्य जोखिम, संवेदनशिल र चुनौतिपुर्ण भएपनि पेट्रोलियम ब्यवसायी, टैंकर ब्यवसायी, यातायात मजदुर, टैंकर चालक र ढुवानीकर्ताको सहयोग, सहकार्य र समन्वयमा आपुर्ती ब्यवस्थापनमा सहज भएको वताउनु भयो । विषम परिस्थिति बाहेक निगमले ईन्धनको अभाव हुन नदिने भन्दै प्रवन्धक भुसालले टैंकर र पम्पहरुलाई चुस्त दुरुस्त राख्न आग्रह गर्नुभयो । अहिले आधा दिनलाई नपुग्ने पेट्रोलको भण्डारण क्षमता यसै आर्थिक वर्ष भित्र ३÷४ दिनलाई पुग्ने गरी बृद्धि गर्न लागिएको भन्दै प्रवन्धक भुसालले निगमका आन्तरिक कमजोरीलाई सुधार गर्दै क्याण्टिन, शौचालय निर्माण र पार्किङ्ग ब्यवस्थापन संगै अन्य भौतिक संरचना निर्माणका कामलाई तिब्र रुपमा अगाडी वढाईने वताउनु भयो ।
निगमका लेखा प्रमुख रमेश ज्ञवालीले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि भण्डारण क्षमता बृद्धि गरी ब्यवसायीहरुको मागलाई सम्वोधन गर्ने कुरामा निगमले कुनै कसर बाँकी नराख्ने वताउनु भयो ।
कार्यक्रममा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले भलवारी डिपोको भण्डारण क्षमता बृद्धि गर्न माग गर्दै निगमको नेतृत्वले यस क्षेत्रका पेट्रोलियम तथा टैंकर ब्यवसायी र चालक मजदुरहरुसंग समन्वयात्मक भूमिका खेलेका कारण यस क्षेत्रका ब्यवसायीले राहतको महशुस गरेको वताउनु भयो । हालको समन्वय, सहकार्य र एकतालाई कायम राख्दै सिंकेज लस, वर्किङ लस र चुहावटलाई नियन्त्रण गरी इन्धन ढुवानीका ट्यांकरमा भैरहेको लकिङ प्रणालीलाई थप प्रभावकारी वनाउन सवै लाग्नुपर्ने वताउनु भयो ।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका पूर्व अध्यक्ष राजेन्द्र गुप्ताले ईन्धनको सहज आपुर्तीका कारण यस क्षेत्रका ब्यवसायीहरुले ईन्धनका लागि निगम धाउनुपर्ने बाध्यतावाट मुक्ति पाएको भन्दै निगम ब्यवस्थापन प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा पश्चिमाञ्चल टैंकर ब्यवसायी संघका अध्यक्ष राकेश कशौधन, नेपाल यातायात मजदुर संगठनका अध्यक्ष राजेन्द्र बहादुर चलाउने, टैंकर चालक संघका अध्यक्ष नवराज पाण्डे लगायतले बोल्दै डिपोमा भण्डारण क्षमता बृद्धि र भौतिक पूर्वाधारको सुधार गर्नु पर्नेमा जोड दिनुभएको थियो ।
सो अवसरमा निगमको आपुर्ती ब्यवस्थापन लगायतका कार्यमा योगदान पुर्याएको भन्दै पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष प्रेम न्यौपाने, पश्चिमाञ्चल टैंकर ब्यवसायी संघका अध्यक्ष राकेश कशौधन, नेपाल यातायात मजदुर संगठनका अध्यक्ष राजेन्द्र बहादुर चलाउने र टैंकर चालक संघका अध्यक्ष नवराज पाण्डेलाई सम्मान गरिएको थियो ।
निगमको ५० औं वार्षिकोत्सव (स्वर्ण जयन्ती) को अवसर पारेर आयोजना गरेका खेलकुद तथा अतिरिक्त क्रियाकलापमा भाग लिएर विजयी भएका खेलाडीहरुलाई मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको खेलकुद संयोजक लेखा प्रमुख रमेश ज्ञवालीले जानकारी दिनुभयो ।
निगमले आयोजना गरेको ब्याडमिण्टन प्रतियोगिता डवलमा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका बिशाल गैरे र सूर्य देबे प्रथम तथा टैंकर चालक संघका प्रेम घर्ती मगर र नितेश जैसवाल द्वितीय हुनुभएको थियो ।


यस्तै चम्चा दौड पुरुषमा अजय पासवान प्रथम र गोनिन्द चौधरी द्वितीय, महिला तर्फ चन्दा चौधरी प्रथम र ईन्दिरा भण्डारी द्वितीय हुनुभएको थियो । यस्तै म्युजिकल चेयरमा जवाहर कमार यादव र पुष्पा ढकाल प्रथम तथा अकवर अली र चन्दा चौधरी द्वितीय हुनुभएको छ भने हण्डी फोरमा सरोज पट्टेल प्रथम हुनुभएको छ । यस्तै ५०० मिटर दौडमा पुरुष तर्फ विष्णुदेव चौधरी र महिला तर्फ ईन्दिरा भण्डारी प्रथम हुनुभएको छ । यसैगरी पेट्रोल पम्प भैरहवा र निगमको लेखा प्रशासन विच भएको डोरी तान्ने प्रतियोगितामा पेट्रोल पम्प भैरहवाका नरिमान खाती, इरसाद अली, तफजुल हुसेन, खेमराज चौधरी र अर्जुन शर्मा पन्थीको टोली प्रथम र लेखा प्रशासनका विरेन्द्र यादव, राजकुमार अधिकारी, राजेन्द्र गुप्ता, विनोद विष्ट र शैलेन्द्र भुसालको टोली द्वितीय भएको खेल संयोजक ज्ञवालीले जानकारी दिनुभयो ।

≪ Previous Post

पुरुषतर्फ नेपाली सेनाका रिमाल र महिलामा कान्छिमाया भिक्ट्री म्याराथुन एण्ड युनिटि रनमा प्रथम

Next Post ≫

ओमसतियामा पहिलो खिचडी महोत्सव सम्पन्न

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क