Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ओमसतियामा पहिलो खिचडी महोत्सव सम्पन्न
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ओमसतियामा पहिलो खिचडी महोत्सव सम्पन्न

संसारपोस्ट संवाददाता · २७ पुष २०७६ · 0
ओमसतियामा पहिलो खिचडी महोत्सव सम्पन्न
50
SHARES
ShareTweet


भैरहवा, २७ पुस । सांसद छविला विश्वकर्माले थारुहरुको माग सम्बोधन गर्ने गरि थारु आयोग गठनको पहल गर्ने प्रतिवद्वता जनाउनुभएको छ ।
ओमसतिया गाउँपालिकामा आयोजित प्रथम खिचडी महोत्सवमा बोल्दै रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य विश्वकर्माले सबै जातजाती तथा संस्कृतिको संरक्षण आवश्यक रहेको हुदा थारु आयोग स्थापनाका लागि पहल गर्ने आश्वासन दिनुभएको हो । नेपाल १ सय २५ जातजातीहरुको जिवित संग्रहालय भएको उल्लेख गर्दै उहांले यसले अन्य देशमा पनि सकारात्मक सन्देश प्रवाह हुने जिकिर गर्नुभयो ।
कार्यक्रममा थारुहरुले अहिले जुनसुकै थर लेखे पनि पछाडी थारु शब्द राख्न अगुवा थारुहरुले आग्रह गरेका थिए । अन्य थर लेख्दा थारुको वास्तविक जनसंख्या पत्ता नलाग्ने हुदा आउदो जनगणनामा थारु थर लेखाउन उनीहरुले आग्रह गरेका हुन । यसका साथै राज्य अहिले थारुहरुको माग प्रति सकारात्मक नभएको समेत उनिहरुको आरोप थियो ।
नयाँ थारु बर्ष २६४४ को अवसरमा थारु कल्याणकारी सभा ओमसतिया गाउँपालिका वडा नम्बर ४ इकाई समितिको आयोजनामा थारु राष्ट्रिय पर्व माघ खिचिडी महोत्सव २०७६ सम्पन्न भएको हो । यस क्षेत्रमै पहिलो पटक आयोजित महोत्सवमा थारु संस्कृति सम्बन्धि बिभिन्न झाँकीहरुको साथै थारु संस्कृतिहरु प्रस्तुत गरिएको थियो ।
थारु कल्याणकारी सभा ओमसतिया गाउँपालिका वडा नम्बर ४ इकाई समितिका अध्यक्ष राम लखन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारु अगुवाहरु देवी प्रसाद चौधरी, नरसिंह चौधरी, रेखा प्रसाद चौधरी, अनिलकुमार चौधरी लगायतले बोल्नु भएको थियो ।

तिलोत्तमाको गोरकट्टामा माघी मेला गरिंदै



स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित रिभरसाईड यूथ क्लव र तिलोत्तमा आमा समूहले पाँचौं माघी मेला गर्ने भएका छन् ।
यही माघ १ र २ गते तिनाउ पुल गोरकट्टामा माघी मेलाको आयोजना गर्न लागिएको हो । माघी मेलासँगै आत्मसुरक्षा तालिम र विभिन्न खेलकूद प्रतियोगिता पनि सञ्चालन गरिने शनिबार आयोजित कार्यक्रममा क्लवका अध्यक्ष नरबहादुर छन्त्यालले जानकारी दिनुभयो ।
स्थानीय युवा तथा महिलाहरुलाई एकतावद्ध गराउने उद्देश्यले आमा समूहसँग मिलेर मेलाको आयोजना गरिएको उहांले बताउनु भयो । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति देखाइने छ । राष्ट्रिय लोक तथा दोहोरी गायिका देवी घर्ती, हास्य कलाकार दिनेश काफ्ले, लोक दोहोरी गायक धन बहादुर गुरुङ, गायिका तथा डान्सर सलिना नेपाली, डान्सर सरिश्मा मगर, विनिता शाही लगायतको मेलामा प्रस्तुति रहने उहांले जानकारी गराउनु भयो ।
मेलाले स्थानीय समुदायलाई एकत्रीत गर्नुका साथै कला संस्कृतिको समेत प्रवद्र्धन हुने तिलोत्तमा आमा समूहकी अध्यक्ष आशामाया थापाले बताउनुभयो । मेलामा कराँते प्रशिक्षकबाट आत्मसुरक्षा तालिम पनि सञ्चालन गरिने र महिलाहरुको लागि कुर्सी रेस प्रतियोगिता पनि गरिने उहांले बताउनु भयो ।
क्लवका सल्लाहकार खुमबहादुर थापाले आपसी सम्बन्धलाई थप बलियो बनाउन र स्थानीय बासिन्दालाई यही क्षेत्रमै एकत्रित गर्न माघी मेला सफल हुने बताउनु भयो । युवा क्लव र आमा समूहले संयुक्तरुपमा मेला आयोजना गरेर एकताको सन्देश दिन खोजेको भन्दै स्थानीयबासीको एकताले मेला सफल हुने क्लवका सल्लाहकार जगत पौडेलले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले माघी पर्वको मौलिकतालाई जोगाईराख्न स्थानीय क्लव र आमा समूहले थालेको प्रयास सह्रानीय रहेको भन्दै परम्परागत धर्म संस्कृतिको जगेर्ना गर्दै यस्ता पर्वहरुको महत्वलाई थप उजागर गर्न आग्रह गर्नुभयो । क्लवका सचिव बालकृष्ण पौडेलले बिगतका वर्षमा आयोजना गरिएका मेला स्थानीयको सहयोगले सफल भएको भन्दै यसवर्षको मेला सफल पार्नका लागि पनि स्थानीय एकजुट भएको बताउनुभयो ।

≪ Previous Post

नेपाल आयल निगमको ५० औं वार्षिकोत्सव

Next Post ≫

सदस्य बृद्धि र कार्यक्षेत्र बिस्तार आँगन सहकारीको प्राथमिक्ता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क