Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सदस्य बृद्धि र कार्यक्षेत्र बिस्तार आँगन सहकारीको प्राथमिक्ता
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सदस्य बृद्धि र कार्यक्षेत्र बिस्तार आँगन सहकारीको प्राथमिक्ता

संसारपोस्ट संवाददाता · २७ पुष २०७६ · 0
सदस्य बृद्धि र कार्यक्षेत्र बिस्तार आँगन सहकारीको प्राथमिक्ता
80
SHARES
ShareTweet


बुटवल, २७ पुस । बुटवल उपमहानगरपालिकामा कार्यक्षेत्र रहेको आँगन वचत तथा ऋण सहकारी संस्थाले सदस्यता बिस्तार तथा कार्यक्षेत्र बिस्तारलाई प्राथमिकता दिएको छ । संस्थाको शनिबार बुटवलमा सम्पन्न १० औं साधारण सभाले चालु आर्थिक वर्ष भित्र ५ सय सदस्य पुर्याउने र कार्यक्षेत्र पनि बिस्तार गरि रुपन्देही जिल्ला बनाउने निर्णय गरेको हो ।
साधारण सभाले सदस्य संख्या बृद्धि गर्ने रणनीति बनाउन र कार्यक्षेत्र बिस्तार गरि जिल्लाभरको बनाउनकालागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । बुटवल उपमहानगरपालिका भित्र कार्यक्षेत्र रहेको उक्त सहकारीमा हाल ३४२ जना शेयर सदस्य छन् ।
साधारण सभामा संस्थाका अध्यक्ष यमप्रसाद तिवारीले सदस्य संख्या बृद्धि गरि चालु आर्थिक वर्षभित्रमा ५ सय पुर्याउने र रुपन्देही जिल्लालाई कार्यक्षेत्र बनाउने लगायतका प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष तिवारीले गर्नुभएको प्रस्तावलाई साधारण सभाले सर्वसम्मत पारित गरेको छ । त्यस्तै कोषाध्यक्ष ध्रुवराज अर्यालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक नरदेव न्यौपानेले प्रस्तुत गर्नुभएको लेखा प्रतिवेदन प्रनि पारित भएको छ ।
साधारण सभामा संस्थाका शेयर सदस्यहरु यमलाल लोहोनी रुपन्देही व्यापार संघको अध्यक्षमा, राजेन्द्र घिमिरे नेपाल जेसीजको कानुनी सल्लाहकारमा, राजिव गौतम बुटवल जेसीजको अध्यक्षमा, बिष्णुप्रसाद गौतम क्यान महासंघ रुपन्देहीको कार्यसमिति सदस्यमा र गोपाल चापागाई सिद्धार्थ गौतमबुद्ध क्याम्पसको प्राध्यापक संघको अध्यक्षमा निर्वाचित हुनुभएकोमा सम्मान गरिएको थियो ।
यस्तै शेयर सदस्यका सन्ततिमध्येबाट गत एसईई परिक्षामा उत्कृष्ट दिबिसा घिमिरे, निशान्त घिमिरे र लक्ष्मण भण्डारीलाई नगद सहित पुरस्कृत गरिएको थियो । त्यस्तै संस्थाका असल ऋणी, बचतकर्ता तथा सदस्य बृद्धिमा योगदान गरेका सरिता सुवेदी, लक्ष्मी पन्त, राजन घिमिरे र भोजराज अर्याललाई पनि सम्मान गरिएको थियो ।
साधारण सभामा संस्थाका सल्लाहकार गणेशचन्द्र पोखरेल, शेयर सदस्य तथा युवा नेता बिष्णु पोखरेल, नवप्रवेशी शेयर सदस्य तथा नेपाल जेसीजका पूर्व अध्यक्ष श्रीधर बस्याल, शेयर सदस्य सम्झना मरासिनी लगायतले संस्थाको हितलाई ध्यानमा राखेर सदस्यता बृद्धि गर्न र कार्यक्षेत्र बिस्तार गर्न उपयुक्त हुने भनाई राख्नुभएको थियो । संस्थाका अध्यक्ष यमप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रम सचिव राजेन्द्र घिमिरेको सञ्चालन तथा सदस्य राजिव गौतमको स्वागतमा भएको थियो ।

≪ Previous Post

ओमसतियामा पहिलो खिचडी महोत्सव सम्पन्न

Next Post ≫

राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रदेश भेला

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क