Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रदेश भेला
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रदेश भेला

संसारपोस्ट संवाददाता · २७ पुष २०७६ · 0
राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रदेश भेला
70
SHARES
ShareTweet

प्रदेशभरका दलित पत्रकार कपिलवस्तुको चन्द्रौटामा भेला हुँदै



कपिलबस्तु, २७ पुस । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम प्रदेश भेला आज (आईतबार) कपिलबस्तुको चन्द्रौटामा हुदै छ । प्रथम भेलाको सम्पूर्ण तयारी पूरा भएको प्रदेश भेला व्यवस्थापन समितिले जनाएको छ । प्रथम ऐतिहासिक भेलाको प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भेलामा प्रदेश ५ का १२ वटै जिल्लामा क्रियाशिल करिव १ सय दलित समुदायका पत्रकारहरुको सहभागिता हुने आयोजकले जनाएका छन् ।
उद्घाटन सत्र अघि दलित समुदायका पत्रकार तथा अधिकारकर्मी एंव सांसद र जनप्रतिनिधिहरुको समेत सहभागितामा विहान कपिलबस्तुको चन्द्रौटा बजारमा ¥याली निकालिने कार्यक्रम रहेको संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले बताउनुभयो । उहाँले देशैभर प्रदेश र जिल्ला शाखा विस्तारमा रहेको संघले भेदभावविरुद्ध सशक्त रुपमा उत्रने गरि आफ्नो अभियानलाई अघि बढाइएको बताउनुभयो । कपिलबस्तुको चन्द्रौटा ऐतिहासिक ठाउँ र प्रदेशको मध्यभागमा रहेकाले समेत संघको प्रथम ऐतहासिक भेला राखिएको उहाँले बताउनुभयो ।
भेलामा नेपाल पत्रकार महासंघ, सहित पत्रकार सम्बद्ध संघसंस्था, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र दलित अधिकारकर्मी समेत सहभागी हुने प्रदेश ५ भेला व्यवस्थापन समितिका संयोजक चिन्ता परियारले बताउनुभयो । उहाँले भेलामा सहभागि हुन केन्द्रीय पदाधिकारी तथा जिल्लाका पत्रकारहरु चन्द्रौटा आइसकेको जानकारी दिनुभयो ।
भेला सम्पन्न गर्नका लागि स्थानीय तह, दलित सम्बद्ध संघसंस्थाहरुको सहयोगमा भेलाको तयारी गरिएको संघका केन्द्रीय सदस्य तथा प्रदेश ५ का इन्चार्ज सोना खटिकले बताउनुभयो । उद्घाटनसत्रपछि बन्दसत्रमा नयाँ नेतृत्व र दलित समुदायका पत्रकारहरुको भूमिकाका बारेमा छलफल हुने छ । भेला प्रदेशको नेतृत्व चयन गरि आईतबार नै सकिने जनाइएको छ ।

≪ Previous Post

सदस्य बृद्धि र कार्यक्षेत्र बिस्तार आँगन सहकारीको प्राथमिक्ता

Next Post ≫

अड्गुरी समाजको साधारणसभा तथा अधिवेशन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क