Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अड्गुरी समाजको साधारणसभा तथा अधिवेशन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अड्गुरी समाजको साधारणसभा तथा अधिवेशन

संसारपोस्ट संवाददाता · २७ पुष २०७६ · 0
अड्गुरी समाजको साधारणसभा तथा अधिवेशन
50
SHARES
ShareTweet


बुटवल, २७ पुस । अड्गुरी समाज रुपन्देहीको सातौं साधारणसभा तथा चौथो अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । समाजमा अर्घाखाँचीको साविक अड्गुरी गाविसबाट रुपन्देहीमा स्थायी र अस्थायी रुपमा बसोबास गर्दै आएकाहरु आवद्ध छन् ।
समाजका अध्यक्ष झविन्द्र अधिकारी (कृष्ण) को अध्यक्षता तथा अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष गुनाखर अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । महासचिव शिव बस्नेतको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष लुकराज न्यौपानेको स्वागत रहेको थियो । कार्यक्रममा पाणिनी गाउँपालिका स्तरीय सम्पर्क समाजका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए ।
समाजले विभिन्न रोगबाट पीडितहरुको राहतका लागि आर्थिक सहयोगलगायत विभिन्न सामाजिक कार्य गर्दै आएको समाजका अध्यक्ष झविन्द्र अधिकारी (कृष्ण) ले बताउनु भयो । कार्यक्रममा निजी तथा सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने समाजमा आवद्ध सदस्यहरुका छोराछोरीलाई पुरस्कृत गरिएको थियो । प्रमुख अतिथि वडाध्यक्ष अधिकारीले पाणिनी गाउँपालिकाको समृद्धि र त्यहाँ उत्पादन हुने कृषि उपजको बजारीकरणमा समाजले उल्लेख्य भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
अधिवेशनले लुकराज न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष शिव बस्नेत, महासचिव रामप्रसाद पन्थी, कोषाध्यक्ष नारायण प्रसाद घिमिरे, सहकोषाध्यक्ष जीवन अधिकारी, सचिव माधव आचार्य रहनुभएको छ । यस्तै सदस्यहरुमा विष्णुप्रसाद न्यौपाने, विरेन्द्र श्रेष्ठ, दिनेश पोखरेल, रञ्जता थापा, शिवजी अधिकारी (दुर्गा), विमला पोखरेल, उमा न्यौपाने, झविलाल पोखरेल, शंकर घिमिरे, टुकप्रसाद पोखरेल रहनुभएको छ ।

≪ Previous Post

राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रदेश भेला

Next Post ≫

तिलोत्तमा वडा नं. १५ मा विपन्न परिवारलाई सिरक वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क