Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा वडा नं. १५ मा विपन्न परिवारलाई सिरक वितरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा वडा नं. १५ मा विपन्न परिवारलाई सिरक वितरण

संसारपोस्ट संवाददाता · २७ पुष २०७६ · 0
तिलोत्तमा वडा नं. १५ मा विपन्न परिवारलाई सिरक वितरण
90
SHARES
ShareTweet


तिलोत्तमा, २७ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १५ का विपन्न परिवारलाई सिरक वितरण गरिएको छ । जाडो प्रभावित उनीहरुलाई राहतस्वरुप एक÷एक वटा नयाँ सिरक प्रदान गरिएको हो । वडाभित्रका ४८ जना विपन्न व्यक्तिलाई फाइबर सिरक प्रदान गरिएको तिलोत्तमा वडा नं. १५ को कार्यालयले जनाएको छ ।
वडा सदस्य शिखा नेपालका अनुसार टोल विकास संस्थाको सिफारिसको आधारमा विपन्न परिवारको पहिचान गरिएको हो । वडाको आकश्मिक कोषबाट सिरकको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । कोटिहवामा आयोजित एक कार्यक्रमबीच नगर उपप्रमुख जागेश्वरी चौधरीले सिरक जाडो प्रभावित परिवारका सदस्यहरुलाई हस्तान्तरण गर्नुभयो ।
त्यसअवसरमा नगर उपप्रमुख चौधरीले जाडो प्रभावित परिवारलाई न्यानो कपडाको व्यवस्थाले थोरै भए पनि राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जाडोमा बालबालिका, वृद्धवृद्धा, बिरामी, गर्भवती महिलालाई विशेष ख्याल राख्न आग्रह गर्नुभयो । जाडो प्रभावितको राहतका लागि नगरपालिकाको समन्वयमा सामुदायिक वनहरुले दाउरा समेत वितरण गरेको उहाँले बताउनुभयो । वडाध्यक्ष खेमराज गुरुङले विपन्न परिवारको आवश्यकतालाई महशुस गरेर सिरक वितरण गरिएको बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

≪ Previous Post

अड्गुरी समाजको साधारणसभा तथा अधिवेशन

Next Post ≫

आज पृथ्वी जयन्ती तथा राट्रिय एकता दिवस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क