Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ शनिवार नेपाली सेनाद्वारा बुटवलमा ४२ किलोमिटरको खुल्ला जीतगढी म्याराथुन प्रतियोगिता
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शनिवार नेपाली सेनाद्वारा बुटवलमा ४२ किलोमिटरको खुल्ला जीतगढी म्याराथुन प्रतियोगिता

संसारपोस्ट संवाददाता · २५ पुष २०७६ · 0
शनिवार नेपाली सेनाद्वारा  बुटवलमा ४२ किलोमिटरको  खुल्ला जीतगढी म्याराथुन  प्रतियोगिता
130
SHARES
ShareTweet


बुटवल, २५ पुस । नेपाली सेनाको आयोजनामा भेली शनिबार बुटवलमा खुल्ला जीतगढी म्याराथुन प्रतियोगिता हुन लागेको छ । राष्ट्रिय एकता दिवसको अवसर पारेर नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलले ऐतिहासिक जीतगढी किल्लाको प्रवद्र्धन र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर खुल्ला म्याराथुन प्रतियोगिता आयोजना गरिएको पृतनापती सिताराम खड्काले जानकारी गराउनु भयो ।

नेपाल र नेपाली सेनाको ईतिहास प्रवद्र्धन गर्न, नेपाली सेनाले अंग्रेजी फौजमाथी विजय प्राप्त गरेको स्थल जीतगढी किल्लाको ऐतिहासिक महत्वलाई उजागर गर्न र त्यसको प्रचार प्रसार एवं संरक्षणकालागि मध्यपश्चिम पृतनाले ‘भिक्टोरी म्याराथुन र युनिटी रन’ जीतगढी म्याराथुन प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा करिव ४ हजार सहभागि हुने अनुमान गरिएको छ । फूल म्याराथुन ४२ किलोमिटर, हाफ म्याराथुन २१ किलोमिटर, १० किलो मिटर र ५ किलोमिटर (वाक) हुने उक्त प्रतियोगिताकालागि बिद्यार्थी, बैंकर, कर्मचारी, नेपाली सेना तथा नेपाल प्रहरी र ससस्त्र प्रहरी लगायतले नाम दर्ता गराएका छन् ।

बुटवलको बुटवल बहुमुखी क्याम्पसदेखि सुरु हुने फूल म्याराथुन (४२ किलोमिटर) कालागि भैरहवाको देवकोटा चोक हुँदै पुन बुटवलको जीतगढी किल्लासम्मको रुट निर्धारण गरिएको छ । त्यसकालागि सिद्धार्थ राजमार्गको बुटवल भैरहवा सडकमा एक तर्फ मात्रै यातायात सञ्चालनको व्यबस्था मिलाईएको उहाँले जानकारी दिनुभयो । प्रतियोगिताकालागि निर्धारण गरिएका ४ वटै बिधाका प्रतिस्पर्धा बुटवल बहुमुखी क्याम्पसबाट सुरु भई जीतगढी किल्लामा पुगेर सकिनेछन् ।

प्रतियोगितामा महिला र पुरुषलाई चारै बिधामा अलग अलग प्रतिस्पर्धा गराईने छ । छुट्टा छुट्टै हुने प्रतिस्पर्धाका लागि पुरस्कार राशी पनि समान राखिएको छ । जीतगढी म्याराथुन प्रतियोगितामा फूल म्याराथुन (४२ किलोमिटर) प्रतिस्पर्धामा प्रथम हुनेलाई १ लाख रुपैंया, द्वितीय हुनेलाई ५० हजार रुपैंया र तृतीय हुनेलाई २५ हजार रुपैंया नगद सहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तैगरी हाफ म्याराथुन २१ किलोमिटरमा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई २५ हजार र तृतीय हुनेलाई १५ हजार रुपैंया तथा १० किलोमिटरमा प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार रुपैंया नगद सहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिने मध्यपश्चिम पृतनाका सेनानी प्रेमनारायण श्रेष्ठले जानकारी गराउनु भयो ।

बिहान ७ बजे सुरु हुने प्रतियोगिताकालागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल शुक्रबार नै बुटवल आउनु भएको छ । प्रतियोगिता पश्चत नेपाली सेनाले जीतगढी किल्लामा ऐतिहासिक सरायँ नाच तथा खुकुरी नाच प्रस्तुत गर्ने तयारी गरेको छ भने बिभिन्न बिद्यालयहरुले समेत सांस्कृतिक नृत्य प्रस्तुत गर्ने तयारी गरेका छन् ।

≪ Previous Post

ग्रामीण विकास लघुवित्तको पाचौं साधारण सभा, ३२ करोड मुनाफा

Next Post ≫

मासु व्यवसायी संघ रुपन्देहीमा पुनः पौडेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क