Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ग्रामीण विकास लघुवित्तको पाचौं साधारण सभा, ३२ करोड मुनाफा
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ग्रामीण विकास लघुवित्तको पाचौं साधारण सभा, ३२ करोड मुनाफा

संसारपोस्ट संवाददाता · २५ पुष २०७६ · 0
ग्रामीण विकास लघुवित्तको पाचौं साधारण सभा, ३२ करोड मुनाफा
90
SHARES
ShareTweet


बुटवल, २५ पुस
ग्रामीण बिकास लघुवित्तीय संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा ३२ करोड ११ लाख ६५ हजार रुपैंया मुनाफा आर्जन गरेको छ ।
संस्थाको शनिबार तिलोत्तमाको योगिकुटीमा भएको पाचौं साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष मणिकरत्न शाक्यले लघुकर्जा तथा वचतको माध्यमबाट लघुवित्त सेवा उपलब्ध गराउँदै आएको संस्थाले देशका सातै प्रदेशका १८८ ईलाका र शाखा कार्यालय मार्फत ३६३ स्थानीय तहमा सेवा सञ्चालन गर्दै आएको जानकारी गराउनु भयो ।
त्यस अवधिमा संस्थाले लगानीमा रहेको बाँकी कर्जा ९ अर्ब ९० करोड र बचत परिचालन ३ अर्ब २३ करोड रहेको जानकारी गराउँदै अध्यक्ष शाक्यले गत वर्षको तुलनामा मुनाफामा २८.१४ प्रतिशत, लगानीमा रहेको बाँकी कर्जामा १४.३७ प्रतिशत र वचत परिचालनमा १७.९७ प्रतिशतले बृद्धि भएको विवरण पेश गर्नुभयो ।
साधारण सभामा प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले गरिबी न्यूनिकरण गर्ने अभियानमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै संस्थाको समग्र वित्तीय अवस्थामा क्रमशः सुधार भईरहेको, हकप्रद शेयर जारी गरे पश्चात हाल संस्थाको जारी तथा चुक्ता पुँजी, ९८ करोड २५ लाख पुगेको र पुँजी बृद्धिसंगै संस्थाको पँजीकोष थप मजवुत भएको जानकारी गराउनु भयो ।
नेपालमा ग्रामीण बैकिङ्ग अवधारणामा लघुवित्तको कार्य गर्ने साविकका क्षेत्रीय स्तरका पा“चवटा ग्रामीण विकास बैंकहरू मर्ज भई बनेको राष्ट्रिय स्तरको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले विपन्न तथा महिलाको आर्थिक तथा सामाजिक जीवनस्तरमा सुधार गर्न विभिन्न प्रकारका लघुवित्त सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
साधारण सभाले हाल कायम रहेको अधिकृत पुजी १ अर्बमा बृद्धि गरी २ अर्ब पु¥याउने तथा र अन्य उपयुक्त कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्तिका लागि आवश्यक कार्यकालागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको कम्पनी सचिव दिपकप्रसाद पाण्डेले जानकारी गराउनु भयो ।

≪ Previous Post

माघ ११ मा बुटवलमा अन्तर्राष्टिृय आईटी सम्मेलन वर्डक्याम्प हुने, विदेशी ३० सहित ५ सयको सहभागिता

Next Post ≫

शनिवार नेपाली सेनाद्वारा बुटवलमा ४२ किलोमिटरको खुल्ला जीतगढी म्याराथुन प्रतियोगिता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क