Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ लायनेश क्लवको स्थापना दिवस
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लायनेश क्लवको स्थापना दिवस

संसारपोस्ट संवाददाता · १९ पुष २०७६ · 0
लायनेश क्लवको स्थापना दिवस
40
SHARES
ShareTweet

संस्थापक तथा पूर्व अध्यक्षहरुलाई सम्मान



बुटवल, १९ पुस । लायनेश क्लव अफ बुटवलको स्थापना दिवसमा संस्थापक पदाधिकारी, सदस्य सहित पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ । क्लवको ३४ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि संस्थापक तथा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको हो ।
क्लवका संस्थापक तथा पूर्व अध्यक्षहरुलाई क्लवकी अध्यक्ष पुजन श्रेष्ठ र कार्यक्रमका प्रमुख अतिथि प्रदेश पाँचकी उपसभामुख कृष्णी थारुले संयुक्त रुपमा माला तथा मायाँको चिनो सहित सम्मान गर्नुभएको हो ।
त्यस अवसरमा बोल्दै प्रदेशकी उपसभामुख थारुले संस्थाले संस्थापक तथा पूर्व अध्यक्षहरुलाई सम्मान गरेर संस्थाको गरिमा बढाउने काम गरेको बताउनु भयो । उहाँले सामाजिक गतिबिधि गर्ने उद्देश्यले स्थापित संस्था र सरकार बिचमा समन्वय हुन सकेमा मुलुकको बिकासका लागि धेरै समय कुर्नुनपर्ने बताउनु भयो ।
क्लवकी अध्यक्ष पुजन श्रेष्ठले बुटवलको सबैभन्दा पुरानो महिलाहरुको क्लव लायनेश क्लव अफ बुटवलले स्थापना कालदेखि नै सामाजिक तथा शिक्षा र स्वास्थ्य संग सम्बन्धि गतिबिधि सञ्चालन गर्दै शिक्षा र स्वास्थ्यको सुधारका लागि रचनात्मक काम गर्दै आएको जानकारी गराउनु भयो ।


कार्यक्रममा लायन्स क्लवका डिष्ट्रिक गभर्नर अनुपकुमार पहाडी, पूर्व डिष्ट्रिक गभर्नर महेन्द्रनारायण श्रेष्ठ, अरुणप्रताप राणा, डिष्ट्रिक को चिफ एडभाईजरहरु अर्जुनमान सैंजु, नवराज न्यौपाने, लायनेश क्लवका सल्लाहकार अम्बुप्रसाद श्रेष्ठ, लायन्स क्लव अफ बुटवलका अध्यक्ष नरेशकुमार श्रेष्ठ, लायनेश क्लवकी संस्थापक सचिव तथा पूर्व अध्यक्ष बिणा लाकौल, लियो क्लव अफ बुटवलका अध्यक्ष अविनाश श्रेष्ठ लगायतले सम्मानित भएकाहरुलाई बधाई ज्ञापन गर्दै क्लवले राम्रा काम गर्दै आएको र यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
क्लवकी सचिव मीना श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा ध्वजाको अभिवादन क्लवकी प्रथम उपाध्यक्ष मिश्रा श्रेष्ठ तथा द्वितीय उपाध्यक्ष पुष्पा श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।

≪ Previous Post

शनिबार ७० हजार बढी दर्शकले गरे मेला अवलोकन

Next Post ≫

नेपाल शैक्षिक परामर्स संघ (ईक्यान) रुपन्देहीमा नयाँ नेतृत्व चयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क